स्थानीय

त्रिवेणी मा वि सिम्रुतुका शिक्षक, कर्मचारीलाई निसुल्क ल्यापटप वितरण

त्रिवेणी मा वि सिम्रुतुका शिक्षक, कर्मचारीलाई निसुल्क ल्यापटप वितरण

अपडेट, मुख्य खबर १, स्थानीय
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर २ सिम्रुतुमा रहेको त्रिवेणी माध्यामिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई ल्यापटप वितरण गरिएको छ । विद्यालयमा कार्यरत २३ जना शिक्षक तथा कर्मचारीलाई ल्यापटप वितरण गरिएको हो । प्रत्येक शिक्षक तथा कर्मचारीलाई १/१ वटाका दरले ल्यापटप वितरण गरिएको त्रिवेणी माध्यामिक विद्यालय सिम्रुतुका प्रध्यानाध्यापक डिल्लीबहादुर मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार प्रविधिको बिकाससँगै शिक्षकको क्षमता विकास गर्ने उदेश्यले ल्यापटप वितरण गरिएको हो । ल्यापटपसँगै ल्यापटपमा प्रयोग हुने माउस, किबोर्ड, पेनड्राइभ र झोला पनि वितरण गरिएको छ । शिक्षकलाई कम्प्युटर सम्बन्धी दक्ष बनाउन २ महिनाको तालिम समेत विद्यालयमै सञ्चानल गरिएको छ । विद्यालयमा स्मार्ट बोर्डबाटै पढाइ हुने भएकाले पनि थप शिक्षकलाई ज्ञान प्राप्त होस भन्ने उदेश्यले ल्यापटप वितरण गरिएको प्रअ मल्लले जानकारी दिनुभयो...
दार्मा सल्यानमा पुगेर प्रधानमन्त्रीकाे भनाइ ः साना योजना प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण

दार्मा सल्यानमा पुगेर प्रधानमन्त्रीकाे भनाइ ः साना योजना प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण

अपडेट, मुख्य खबर १, मुख्य खबर २, राष्ट्रिय, स्थानीय
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतमा सङ्घीय सरकारले कार्यान्वयन गर्दै आएका साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरेर सङ्घीयतालाई थप सबल तुल्याइने बताउनुभएको छ । दार्मा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस वर्षदेखि बजेटसम्बन्धी नीति र कार्यतालिका परिमार्जन गरेर सङ्घीयता सबल बनाउन लागिएको बताउनुभयो । “योजनामा देखिएको दोहोरोपना अन्त्य गर्ने, ३ करोडभन्दा साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरिएको छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यी प्रयासहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ गर्नेछन् ।” आफूले तेस्रोपटक सरकारको नेतृत्व गरेपश्चात् सबैभन्दा बढी ध्यान सङ्घीयता कार्यान्वयनमा लगाइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले यस अवधिमा राष्ट्रिय समन्वय परिषद्का द...
सिम्रुतुमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा त्रिवेणी गाउँपालिका ४ जय बहादुर गिरीको मृत्यु  घटनास्थलमै मृत्यु

सिम्रुतुमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा त्रिवेणी गाउँपालिका ४ जय बहादुर गिरीको मृत्यु घटनास्थलमै मृत्यु

अपडेट, मुख्य खबर १, मुख्य खबर २, स्थानीय
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका २ सिम्रुतुमा मिनि ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिष्णु प्रसाद श्रेष्ठका अनुसार त्रिवेणी गाउँपालिका ४ खारा निवासी अन्दाजी ४५ वर्षिय जयबहादुर गिरीको मृत्यु भएको हो ।  मंगलबार बिहान रा १ ख ३२१७ नम्वरको मिनि ट्रकले मृतक गिरी सवार रा ६ प ८५५८ नम्वरको मोटरसाईकललाई ठक्कर दिएको थियो । प्रहरी निरीक्षक श्रेष्ठका अनुसार ट्रकको ठक्करबाट गिरीको घटनास्थलमै मृत्यु भएको थियो ।  प्रहरीले ट्रक चालक सल्यानको छत्रेश्वरी गाउँपालिका ७ निवासी २९ वर्षिय लक्ष्मण खड्कालाई नियन्त्रणमा लिएको जनाएको छ ।  घटनास्थलमा रहेका आक्रोशित स्थानीयहरुले ट्रक तोडफोड गरेका छन् । अहिले घटनास्थलमा प्रहरी निरीक्षक श्रेष्ठको नेतृत्वमा जिल्लाबाट अाएकाे प्रहरी टोली पुगेको छ ।  ...
त्रिवेणी पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव सुरु १५ गते सन्दिप न्यौपाने आउने

त्रिवेणी पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव सुरु १५ गते सन्दिप न्यौपाने आउने

मनोरन्जन, मुख्य खबर १, स्थानीय
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका  वडा नम्बर २ सिम्रुतुमा महोत्सव सुरु भएको छ  । मयुर युवा क्लबको आयोजनामा प्रथम त्रिवेणी पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव आजबाट सुरु भएको हो। महोत्सवको त्रिवेणी  गाउँपालिका अध्यक्ष गनेशकुमार केसीले उद्घाटन गर्नुभयो । आज एक समारोहका बिच महोत्सवको औपचारिक  उद्घाटन गरिएको हो ।  महोत्सव संयोजक सोम्पाल कामीको अध्यक्षतामा भएको कार्यक्रममा त्रिवेणी गाउँपालिका अध्यक्ष केसीको प्रमुख आतिथ्यता रहेकोमा उद्योग वाणिज्य संघ रुकुमपश्चिमका सदस्य दिपिका चन्दको विशेष आतिथ्यता रहेको थियो ।  कार्यक्रममा ४ नम्बर वडा अध्यक्ष नन्दराम बाँठा, ६ नम्बर वडा अध्यक्ष भद्रबहादुर सेर्पाली, ७ नम्बर वडा अध्यक्ष धनबहादुर खड्का, राजनीतिक दल, सुरक्षा निकाय,  पत्रकार लगायतको पनि आतिथ्यता रहेको थियो । डिल्ला मल्लको स्वागत नृत्य  रहेको कार्यक्रमको सञ्चालन महोत्सव प्रचार संयोजक बले...
त्रिवेणी गाउँपालिकामा पहिलो त्रिवेणी व्यापार तथा सांकृतिक महोत्सव हुने

त्रिवेणी गाउँपालिकामा पहिलो त्रिवेणी व्यापार तथा सांकृतिक महोत्सव हुने

मनोरन्जन, मुख्य खबर २, स्थानीय
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा पहिलो त्रिवेणी व्यापार तथा सांकृतिक महोत्सव हुने भएको छ । यही वैशाख १४ गतेदेखि २४ गतेसम्म त्रिवेणी गाउँपालिका वडा नम्बर २ सिम्रुतुमा महोत्सव सञ्चालन हुने भएको हो । ‘‘परम्परागत संस्कृति मौलिक कला, विकृती विसंगती हटाउने हाम्रो गला’’ भन्ने मुल नाराका साथ मयूर युवा क्लवले महोत्सव आयोजना गर्न लागेको हो । आज मुसिकोट नगरपालिका १ खलंगामामा पत्रकार सम्मेलन गरेर मयूर युवा क्लवका सचिव सोमपाल कामीले महोत्सव लाग्ने बारेमा जानकारी बनाउनुभएको हो । मयूर युवा क्लवको आयोजना तथा राप्ती साहित्य परिषद रुकुम पश्चिमको समन्वयमा महोत्सव सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो । महोत्सवकोे व्यवस्थापन सिम्रुतु बजार व्यवस्थापन समितिले गर्ने छ । भने संरक्षकको रुपमा त्रिवेणी गाउँपालिका रहेको छ । महोत्सवमा ५० वटा व्यापारिक स्टल राखिने आयोजकले जनाएको छ । १० वटा स्टल भने स्थानी...
सल्यान बस दुर्घटना, २२ जना घाईतेको पहिचान खुल्यो

सल्यान बस दुर्घटना, २२ जना घाईतेको पहिचान खुल्यो

मुख्य खबर १, मुख्य खबर २, स्थानीय
दाङबाट रुकुम आउदै गरेको बस सल्यानमा दुर्घटना हुदा घाईते भएका २२ जनाको पहिचान खुलेको छ । जसमा चार जना घाईतेलाई नेपालगञ्ज रिफर गरिएको छ । भने केहि घाईतेलाई दाङ रिफर गरिएको ईलाका प्रहरी कार्यालय सल्यानका प्रहरी निरिक्षक नविन थापाले जानकारी दिए । बुधबार बिहान रा १ ख २०८५ नम्बरको बस सल्यानको बागचौर नगरपालिका वडा नम्बर २ सिङबाङ खोला पुलमा दुर्घटना भएको हो । सल्यान प्रहरीबाट प्राप्त भएको घाईतेहरुको बिवरण : १, दाङ तुल्सिपुर उपमहानगरपालिका–४ का सवारी धनि ४६ का बिष्णु बिक ( कम्मरमा चोट अवस्था सिरियस ) । २, रुकुम पश्चिम त्रिबेणी गा.पा. २ बस्ने बर्ष २२ कि चित्रा पुन (कम्मरमा चोट अवस्था सिरियस ) । ३, दाङ तुल्सिपुर उ.म.न.पा १० बिजौरी बस्ने बर्ष २९ को कृष्ण चौधरी (कम्मरमा चोट अवस्था सिरियस) । ४, दाङ नारायणपुर न.पा. १० बस्ने बर्ष ३६ कि दिल कुमारी गोतामे (ढाडमा चोट अबस्था सिरियस) । ५, घोरोही– ४ ...
त्रिवेणी गाउँपालिकामा पनि ख बर्गकाे एम्बुलन्स , यसले स्वास्थयमा सहजता ल्याउने बिश्वस

त्रिवेणी गाउँपालिकामा पनि ख बर्गकाे एम्बुलन्स , यसले स्वास्थयमा सहजता ल्याउने बिश्वस

अपडेट, मुख्य खबर १, मुख्य खबर २, स्थानीय
त्रिवेणी गाउँपालीकालाई भारत सरकारले नेपालकालागी उपहारस्वरुप प्रदान गरेको एम्बुलेन्स  प्राप्त भएको छ । भारतीय राजदूतावासले गत असारमा प्रदान गरेको एम्बुलेन्स हिजो शनिबार मात्रै त्रिवेणी गाउँपालीकामा आइपुगेको हो । हिजो शनिबार भएका कारण आज एक कार्यक्रमका विच दुतावासका प्रतिनीधिले गाउँपालीका अध्यक्ष गणेश कुमार केसि र स्वास्थ्य शाखा प्रमुख प्रेम बहादुर पुनलाई साँचो हस्तान्तरण गर्नु भएको हो । सोही अवसरमा बोल्दै पालिका अध्यक्ष केसीले भारत सरकारको सहयोगमा पालिकामा एम्बुलेन्सले ठुलो सहयोग पुग्ने बताउनु भयो । उहाँले यस्ता सहयोगले दुई देशबीचको जनता–जनताबीचको सम्पर्क र द्विपक्षीय सम्बन्धलाई निरन्तर सुदृढ बनाउदै लैजाने बताउनु भयो । सो कार्यक्रममा बोल्दै राजदूत प्रतीनिधिले उक्त एम्बुलेन्सको हस्तान्तरणले स्वास्थ्य क्षेत्रमा पूर्वाधार विकास गर्न नेपाल सरकारले गरेका प्रयासलाई थप बलियो बनाउन न...
त्रिवेणी ५ मा भूकम्प पीडितको अस्थायी आवासमा आगलागी ः दुइलाख बराबरकाे क्षेति

त्रिवेणी ५ मा भूकम्प पीडितको अस्थायी आवासमा आगलागी ः दुइलाख बराबरकाे क्षेति

मुख्य खबर २, स्थानीय
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ५ घोरनेटीमा आगलागीबाट एक भूकम्प प्रभावितकाे अस्थायी आवास पूर्ण रूपमा नष्ट भएको छ । खाना पकाउने क्रममा हावाले आगो उडाएर कपडामा सल्किदा स्थानीय चन्द्रकला घर्तीको अस्थायी आवास पुर्ण रुपमा नष्ट भएको हो । मङ्गलवार साँझ लागेको आगो परिवारले नियन्त्रण गर्न नसक्दा अस्थायी आवासमा भएका लत्ताकपडा, खाद्यान्न, भाडावर्तन, नागरिकता, जन्मदर्ता लगायतका कागजात जलेर नष्ट भएको वडा अध्यक्ष रणबहादुर पुनले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागी हुँदा दुई लाख बराबरको क्षति भएको छ । गत कात्तिक १७ गते गएको भूकम्पले घर भत्किएपछि घर्तीको ७ जनाको परिवार अस्थायी आवासमा बस्दै आएकाे थियो । अस्थायी आवासमा आगलागी भएपछि बस्ने ठाउँ समेत नरहेको वडा अध्यक्ष पुनले जानकारी दिनुभयो । वडामा कुनै बजेट नभएकाले आवास निर्माण गर्न स्थानीय युवा परिचालन गर्ने र जस्तापाताको लागि गाउँपा...
त्रिवेणीमा आधाभूत तह (कक्षा ८) परीक्षाको नतिजा कमजोर, ५६ प्रतिशत विद्यार्थी मात्र उतिर्ण

त्रिवेणीमा आधाभूत तह (कक्षा ८) परीक्षाको नतिजा कमजोर, ५६ प्रतिशत विद्यार्थी मात्र उतिर्ण

अपडेट, मुख्य खबर २, स्थानीय
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले सञ्चालन गरेको गाउँपालिका स्तरिय आधाभुत तह परीक्षामा ५६ शलमलव ०७ प्रतिशत अर्थात ३ सय जना विद्यार्थी उर्तिण भएका छन् । ५ सय ३५ जना विद्यार्थी सहभागि भएको पालिका स्तरिय कक्षा ८ को परीक्षामा ५६ शलमलव ०७ प्रतिशत अर्थात ३ सय जना विद्यार्थी मात्र उर्तिण भएका हुन् । जसमा २४ दशमलव ६७ प्रतिशत अर्थात १ सय ३२ विद्यार्थी मौका परिक्षा दिने अवसर पाएका छन् । परीक्षामा सहभागि मध्ये १९ दशमलव २५ प्रतिशत अर्थात १ सय ३ जना विद्यार्थी भने नन ग्रेड अर्थात अनुर्तिण भएको त्रिवेणी गाउँपालिका शिक्षा खेदकुद तथा युवा शाखा प्रमुख सुरेश पुनले जानकारी दिनुभयो ।   उहाँका अनुसार परीक्षामा ३७ जना विद्यार्थी उनुपस्थित थिए । पालिकामा रहेका आधारभूत विद्यालय तथा माद्यामिक विद्यायलबाट गरी जम्मा २० वटा विद्यालयबाट परिक्षार्थी सहभागि भएका थिए । शिक्षा खेदकुद तथा युवा शाखाले सार्वजजिक...
रेडियो सानोभेरी १७ औं वर्षमा

रेडियो सानोभेरी १७ औं वर्षमा

मुख्य खबर १, स्थानीय
रुकुम पश्चिमको मुसिकोटबाट सञ्चालनमा रहेको रेडियो सानोभरी १७ वर्षमा प्रवेश गरेको छ । सिस्ने बहुउद्देश्यीय जनसेवा केन्द्रद्वारा जिल्लाको पहिलो रेडियोको रूपमा २०६४ साल चैत्र २५ गते स्थापना भएको रेडियो सानोभेरी आजबाट १६ वर्ष पूरा भई १७ वर्षमा प्रवेश गरेको हो ।   वार्षिकोत्सवको अवसरमा रेडियोले सम्पूर्ण श्रोता, विज्ञापनदाता, संस्थामा कार्यरत कर्मचारी तथा पत्रकार, शुभेच्छुक तथा शुभचिन्तकहरूमा शुभकामना व्यक्त गरेको छ । रेडियोका प्रबन्ध निर्देशक ध्रुवविक्रम बुढाथोकीले प्रेस विज्ञप्ति जारी गर्दै शुभकामना व्यक्त गर्नुभएको हो ।   सञ्चार माध्यमको तर्फबाट नागरिकको अभिमत अनुरूप विकास, समृद्धि र उत्पादनको योजना कार्यान्वयनलाई तीव्रता दिई समाजवादको आधार तयार गर्न तथा सङ्घीयताको सबल कार्यान्वयनका लागि राज्यका सबै निकायलाई थप उत्तरदायी बनाउन जोड दिने विज्ञप्तिमा उल्लेख गरिएको छ । &nb...