फोटो भिडियो

भवन निर्माण गरिरहेको रेडियो समावेशी आवाजलाई जस्तापाता सहयोग

भवन निर्माण गरिरहेको रेडियो समावेशी आवाजलाई जस्तापाता सहयोग

अपडेट, फोटो भिडियो, मुख्य खबर १, मुख्य खबर २, स्थानीय
रेडियो समावेशी आवाजलाई सहयोग प्राप्त भएको छ। भवन निर्माण गरिरहको रेडियोलाई रास्वपाका युवा नेताहरु मान बहादुर शाहि र पुस्तक चन्द मार्फत सहयो प्राप्त भएको हो। ५८ वाटा जस्तापाता करिब ६० हजार रुपैयाँ बराबरको सहयोग प्राप्त भएको रेडियो संचालक समिति अध्यक्ष राजेन्द्र पुनले जानकारि दिनुभयो । गत कार्तिक १७ गते राति गयको भूकम्पका कारण रेडियोको प्रसारण भवनमा पुर्नरुपले क्षेति भएपछि बिगत ३ महिना देखि रेडियो टेन्ट र टहराबाटै प्रसारण हुदै आईरहेको छ। रेडियोले भवन निर्माणको लागि अन्य सहयोगी हरुलाई सहयोग गर्न अपिल समेत गरेको छ।...
आन्तरिक पर्यटकको प्रमुख आकर्षण गन्तव्य रारा

आन्तरिक पर्यटकको प्रमुख आकर्षण गन्तव्य रारा

अपडेट, फोटो भिडियो
 मुगुमा अवस्थित राराताल आन्तरिक पर्यटकको प्रमुख आकर्षणको मुख्य गन्तव्य बनेको छ । रारा तालको सुन्दरताको व्याख्या एकै मौसमले पुग्दैन । यो ताल हिउँदको समयमा हिउँले ढपक्क ढाकेको हुन्छ भने जेठको अन्तिमदेखि साउनको पहिलो हप्तासम्म रारा ताललाई फूलै फूलले ढपक्क ढाकेको हुन्छ । आन्तरिक पर्यटकको प्रमुख रोजाइमा पर्ने गरेको रारा ताल समुन्द्री सतहबाट दुई हजार नौ सय ९० मिटर उचाइमा रहेको छ । रारा राष्ट्रिय निकुञ्जमा ५१ प्रजातिका स्तनधारी जनावर र दुई सय ७२ प्रजातिका चराचुरुङ्गी पाइन्छन् । रारा ताल जानका लागि वर्षभरि नै उपयुक्त भए पनि हिउँले ढाकेको रारा र फूलैफूलले ढाकेको रारा हेर्नका लागि धेरैजसो आन्तरिक पर्यटक जाने गर्छन् । रारा तालको पूरा आकृति हेर्नका लागि समुद्री सतहबाट करिब चार हजार मिटर उचाइमा अवस्थित मुर्मा टप नै उपयुक्तस्थल रहेको छायाँनाथरारा नगरपालिका-७ का बासिन्दा राजु मल्लले जानकारी दिन...