मुख्य खबर १

३३ औ अन्तराष्ट्रीय दिवसको अवसरमा त्रिवेणी गाउँपालिकामा  क्षमता र सचेतना समारोह सम्पन्न

३३ औ अन्तराष्ट्रीय दिवसको अवसरमा त्रिवेणी गाउँपालिकामा क्षमता र सचेतना समारोह सम्पन्न

अपडेट, मुख्य खबर १, स्थानीय
रेडियो समावेशी आवाज १०२ मेगाहर्ज  -  रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा अपांगता भएका व्यक्तिहरुका लागि ३३ औ अन्तराष्ट्रीय दिवसको अवसरमा क्षमता र सचेतना समारोह सम्पन्न भएको छ । त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत यज्ञ बहादुर भण्डारीको प्रमुख आतिथ्यतामा अपाङ्गता भएका व्यक्तिहरूका लागि क्षमता र सचेतना कार्यक्रम भएको हो । समावेशी तथा दिगो भबिष्यको पुर्वाधार , अपाङ्गता भएका व्यक्तिहरूको प्रवल नेतृत्वको आधार भन्ने मुल नाराका साथ अपांगता भएका व्यक्तिहरुको दायित्व अपाङ्गता भएका व्यक्तिहरुलाई क्षमता र सचेतना गराउनको लागि र अपाङ्गता भएका व्यक्तिहरुको हक ,अधिकार सम्बन्धि जानकारी दिने उदेश्यले रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको सभाहल ,खारानेटा रुकुम पश्चिममा सञ्चालन भएको हो । उक्त समारोह महिला तथा बालबालिका शाखा कर्णाली प्रदेश नेपाल र त्रिवेणी गाउँपालिका ...
रूकुमकाे पुथाउत्तरगंगा गाउँपालिकामा मतगणना सुरू

रूकुमकाे पुथाउत्तरगंगा गाउँपालिकामा मतगणना सुरू

अपडेट, मुख्य खबर १, स्थानीय
रूकुमकाे पुथाउत्तरगंगा गाउँपालिकामा मतगणना सुरू भएकाे छ । वडा नम्बर १० काे तक स्थित पालिकाको सभा हलमा मत गणना सुरु भएको हो। १४ वडाका १९ मतदान स्थलबाट मत पेटिका पुगेपछि सर्वदलीय बैठक पश्चात् मतगणना सुरू भएकाे मुख्य निर्वाचन अधिकृत लोकबहादुर हमालले जानकारी दिनुभयो । आइतबार पालिका उपाध्यक्ष पदको लागि भएको निर्वाचनमा पाँच हजार नौ सय ३१ जनाले मतदान गरेका थिए। यहाँ नेपाली काँग्रेस र नेकपा एमालेकी साझा उम्मेदवार केशकुमारी तुलाचन र नेकपा माओवादी केन्द्रकी नरपुरा बुढा पुन बीच प्रतिस्पर्धा भैरहेको छ ।...
चार्टड एकाउन्ट संघ नेपाल द्वारा त्रिवेणीकाे  एक विद्यालय   कपडा वितरण

चार्टड एकाउन्ट संघ नेपाल द्वारा त्रिवेणीकाे एक विद्यालय कपडा वितरण

अपडेट, मुख्य खबर १, स्थानीय
कुवेर  ओली     रेडियो समावेशी आवाज त्रिवेणी गाउँपालिका रुकुम पश्चिमको एक विध्यालयका विध्यार्थी र शिक्षक कर्मचारिहरुलाइ न्यानो कपडा वितरन गरिएकोछ ।त्रिवेणी गाउँपालिकाको वडा नंम्बर ६ मा रहेको भिम कल्याण आधारभूत विद्यालय बांठाकोटका बालविकास कक्षा देखी कक्षा आठ सम्मका विध्यार्थी र शिक्षक कर्मचारी गरी एक सय पन्ध्र जना लाइ आज एक कार्यक्रम  विच न्यानो कपडा स्वीटर वितरण गरिएको हो । चार्टड एकाउन्ट संघ नेपालको सहयोगमा न्यानो कपडा वितरण गरिएको विध्यालयका प्रधानाध्यापक यज्ञबहादुर ओलीले जानकारी दिनुभयो । चार्टड एकाउन्ट संघका केन्द्रीय प्रतिनिधी पृथ्वी पुनको पहलमा चिसो मौसमको सुरुवात भएसंगै बालबालिका हरुलाइ न्यानो कपडा वितरन गरिएको हो । चार्टड एकाउन्ट संघ नेपाल ले आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत न्यानो कपडा वितरन गरेको संघका प्रतिनिधी पृथ्वी पुनले जानकारी दिनुभयो । गत वर्ष जाजरकोट भुकम्प...
सुनको मूल्य तोलामा १६ हजार  रुपैयाँ घट्याे

सुनको मूल्य तोलामा १६ हजार रुपैयाँ घट्याे

अपडेट, मुख्य खबर १
रेडियाे समावेशी  अावाज  - नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १५ हजार ९०० रुपैयाँ घटेको हो । महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५१ हजार ३०० रुपैयाँ कायम भएको छ । जबकि आइतबार छापावाल सुनको लाख १ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको थियो । सरकारले सुन र चाँदीमा लाग्दै आएको भन्सार दर घटाउने निर्णय गरेसँगै बजारमा भारी गिरावट आएको हो ।  मन्त्रिपरिषद्को मंसिर ६ गते बसेको बैठकको निर्णय अनुसार सुन र चाँदीको भन्सार दर १० प्रतिशत कायम भएको अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले जानकारी दिए । यसअघि सुनको भन्सार दर २० प्रतिशत र चाँदीको १५ प्रतिशत कायम थियो । यसअघि १० प्रतिशत नै रहेको सुनको भन्सार दर अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत बढाएका थिए । जुन निर्णय पुनरावलोकन गरेर आ...
रुकुम पश्चिमको त्रीवेणी गाउँपालिका ८ र २  मा सहभागितामुलक  तालिम समपन्न 

रुकुम पश्चिमको त्रीवेणी गाउँपालिका ८ र २ मा सहभागितामुलक तालिम समपन्न 

अपडेट, मुख्य खबर १
रेडियो समावेशी आवाज  -  रुकुम पश्चिमको त्रीवेणी गाउँपालिका वडा नम्बर ८ र २ मा सुरक्षित आवास  सचेतनाका लागि सहभागितामुलक अवधारणासम्बन्धि दुईदिने तालिम समपन्न भएको छ । त्रिवेणी गाउँपालिकाको २ सिम्रुत र वडा नम्बर ८ को पेउघामा सम्पन्न कार्यक्रम एफ सि डि ओको आर्थिक सहयोग   र त्रिवेणी गाउँपालिका सहकार्यमा तालिम सम्पन्न भएको त्रिवेणी गाउँपालिकाका फोकल फर्सन खिम बहादुर ओलिले जानकारी दिनुभयो । ५ र ६ गते त्रिवेणी गाउँपालिका २ मा भएको सहभागीतामुलक दुईदिने तालिममा त्रिवेणी गाउँपालिका अध्यक्षको  प्रमुख अातिथ्यता  रहेको थियो । त्यस्तै पुर्व वडाध्यक्ष कर्ण बहादुर खडका ,सुजित गौतम डम्बर खडका ,प्रशिक्षक नवीन खडका लगाएको उपस्तिथि रहेको  तालिमको समापन  त्रिवेणी गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउलेले गर्नुभएको थियो आई ओ यम द्वारा सञ्चालित उक्त तालिमको   आर्थिक सहयोग त्यसैगरी त्रीवेणी...
रुकुम पुर्वको पुथाउत्तरगंगा गाउँपालिका २ काे अध्यक्षमा घर्ति निर्विराेध निर्वाचित

रुकुम पुर्वको पुथाउत्तरगंगा गाउँपालिका २ काे अध्यक्षमा घर्ति निर्विराेध निर्वाचित

अपडेट, मुख्य खबर १
रुकुम पुर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर–२ को अध्यक्षमा जगत घर्ती निर्विरोध निर्वाचित भएका छन्। पालिका अध्यक्ष पुनीराज घर्तीका अनुसार एमालेका उम्मेवारले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि जगत घर्ती निर्विरोध वडाध्यक्ष निर्वाचित भएका हुन्। वडाध्यक्षका लागि एमालेबाट उम्मेदवार रहेका जीवन रोका र स्वतन्त्र उम्मेदवारी दिएका शुक्र विकले उम्मेदवारी फिर्ता लिएका छन्। पालिकामा रिक्त उपाध्यक्ष र वडाध्यक्षका लागि कांग्रेस एमालेले गठबन्धन गरेका छन्। निर्वाचन आयोगको कार्यतालिका अनुसार आज उम्मेदवारी फिर्ता लिने अन्तिम दिन हो। यद्यपि, घर्ती निर्वाचित भएको घोषणा आयोगले भने गर्न बाँकी छ। निर्वाचन आयोगले आधिकारिक रूपमा विवरण संकलनको काम भइरहेको जानकारी दिएको छ।  ...
रुकुम पश्चिमकाे चाैरजहारीमा श्रिमतिले श्रिमानकाे हत्या

रुकुम पश्चिमकाे चाैरजहारीमा श्रिमतिले श्रिमानकाे हत्या

अपडेट, मुख्य खबर १
रुकुम पश्चिममा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् ।  चौरजहारी नगरपालिका वडा नम्वर २ निवासी ३२ वर्षीया दिपा कुमालले उनका श्रीमान ४० वर्षीय मधु कुमालको हत्या गरेको जिल्ला प्रहरी कर्यालय रुकुम पश्चिमले जनाएको छ । सूचना लगत्तै ईलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक दिपेन्द्र रावलको नेतृत्वमा गएको प्रहरी टोलीले हत्या आरोपी महिलालाई नियन्त्रणमा लिएको छ । मृतकको शव भने पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याउने तयारी भईरहेको छ । प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार आज मङगलबार बिहान अन्दाजी २ः३० बजेको समयमा दिपाले आफ्नै श्रीमानको हत्या गरेकी हुन् । उहाँका अनुसार चिर्पट दाउराले टाउको हानेर मृत अवस्थामा रहेको भनेर मृतकका छोरा खिम कुमालले प्रहरीलाई खबर गरेका थिए ।प्रहरीका अनुसार घरायसी विवादको कारण श्रीमानको हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ । प्रहरीले घटन...
त्रिवेणी गाउँपालिका  ३ मा हाईबाङ महिला महिलासमुहले गाेरेटाे बाटाे बनाउदै

त्रिवेणी गाउँपालिका ३ मा हाईबाङ महिला महिलासमुहले गाेरेटाे बाटाे बनाउदै

अपडेट, मुख्य खबर १
त्रिवेणी गाउँपालिका वडा नम्वर ३ हाईबाङमा रहेको नवजागरण महिला समुहले सशक्तिकरणसँगै आर्थिक उपार्जन र विकास निर्माणका काममा क्रियाशिलता दिएको छ । समुहका अध्यक्ष कमला खड्काले मासिक बैठक, छलफल, वचत, लगानी गरिरहेको समुहले अहिले गाउँकै बाटो मर्मतको काम गरिरहेको जानकारी दिनुभयो । समुहले स्वयमसेवी रुपमा गोरेटो बाटो निर्माणको काम गरेको हो । उहाँका अनुसार समुहमा आवद्ध २८ जना महिलाहरुले वर्षायाम तथा असोज र कात्तिकमा परेको पानीले बिगारेका गोरेटो बाटो मर्मत गरिरहेको छ । पहिलो चरणमा हाईबाङ गाउँदेखि झुल्नेटा बजार जाने सडकसम्म पुग्ने गोरेटो बाटो निर्माण सम्पन्न भएको छ । त्यसैगरी सोहि समुहले वडा नम्वर ३ को हाईबाङ देखि वडानम्वर ४ को खुम्चेरीसम्मको गोरेटो बाटो पनि मर्मतको काम सुरु गरेको छ । यी दुबै गोरेटो बाटोको लम्बाई करिब तीन किलोमिटर रहेको छ ।   समुहका सचिव लक्ष्मी खड्का ओलीले सवारी साधन च...
रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर ११ रिठा नजिकै बस दुर्घटना

रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर ११ रिठा नजिकै बस दुर्घटना

अपडेट, मुख्य खबर १
रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर ११ रिठा नजिकै बस दुर्घटना भएको छ । काठमाडौँबाट राडी तर्फ गइरहेकाे प्रदेश ३-०१-००५ ख ९९६६ नम्बरकाे बस शनिबार आज रिठा नजिकै दुर्घटना भएको  हो । दर्घटनामा परी ८ जना घाइते भएको आठविसकोट नगर प्रमुख रवि केसीले जानकारी दिनुभयो । बस सडकबाट करिब १०० मिटर तल बिजुलीकाे पाेलमा अड्किएकाे उहाँले बताउनुभयाे । उहाँका अनुसार बिजुलीकाे पाेलले बसलाई भेरी नदीमा खस्नबाट जाेगाएकाे छ । उहाँका अनुसार घाइतेलाई उद्धार गरी उपचारको लागि नगर अस्पताल राडी लगिएको छ । बसमा ८ जना यात्रु मात्र रहेकाे बुझिएकाे छ । एक जना पाेखराबाट आएका यात्रु र अरू बाँकी सबै मुसिकाेट लगायतका ठाउँबाट गएका लाेकल यात्रु रहेकाे बुझिएकाे नगर प्रमुख केसीकाे भनाई छ । थप विवरण आउन बाँकी रहेको छ । File photo...
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा तरकारी खेतिका लागि तालिम प्रदान

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा तरकारी खेतिका लागि तालिम प्रदान

अपडेट, मुख्य खबर १, स्थानीय
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका ३० जना किसानहरुलाई आधुनिक तथा व्यवसायिक तरकारी खेतीका लागि तालिम प्रदान गरिएको छ । गाउँपालिकाको वडा नम्वर १, २ र ५ का ३० जना किसानहरुलाई कात्तिक २५ गतेदेखि २७ गतेसम्म तीन दिन उक्त तालिम प्रदान गरिएको हो । यसका साथै तरकारी खेतीमा आधुनिक प्रविधिको प्रयोगमा प्रोत्साहन गर्न र व्यवसायिक तरकारी उत्पादनमार्फत कृषकहरूको आयवृद्धि गरेर जीवनस्तर सुधार गर्ने उद्धेश्यका साथ तालिम सञ्चालन गरिएको हो । सामारिटन पर्स क्यानडाको आर्थिक सहयोगमा नेपाल खी्रष्टियन राहत सेवा (एनसिआरएस) ले उक्त तालिम सञ्चालन गरेको हो । एनसिआरएस परियोजना अधिकृत मदन बुढाका अनुसार आधुनिक प्रविधि, विधि र उपकरणहरूको प्रयोगमार्फत किसानहरूको तरकारी उत्पादन क्षमतालाई बढाउने र व्यवसायिक तरकारी खेतीमा आवश्यक प्राविधिक ज्ञान, मलजल व्यवस्थापन, रोग तथा कीट नियन्त्रण, माटो व्यवस्थापन जस्ता सीपहरूको ...