राष्ट्रिय स्वतन्त्र पार्टि रुकुम पश्चिमले स्थापनादिवसको अवसरमा १५ सय फलफूलका विरुवाहरु निसुल्क वितरण

राष्ट्रिय स्वतन्त्र पार्टि रुकुम पश्चिमले स्थापनादिवसको अवसरमा चौरजहारी नगरपालिका ८ का बिभिन्न टोलहरुमा कागति तथा अमिलाका बिरुवा निसुल्क वितरण गरिएको छ । पार्टि स्थापना भएको दुई बर्ष पुरा भएको अवसरमा नगरपालिकाको ८ नम्बर वडाका विभिन्न टोलहरु बसिगाउँ , टाकुरा, लयाटा,गोहिरिमा १५ सय बिरुवाहरु २ सय घरपरिवारलाई वितरण गरिएको पार्टिका रुकुम पश्चिम जिल्ला संयोजक मान बहादुर शाहीले जानकारि दिनुभयो ।

नगरपालिकाको ८ नम्बर वडामा कागतिका १ हजार २ सय ५० र अमिलाका २ सय ५० विरुवाहरु वितरण गरिएको संयोजक शाहीले जानकारि दिनुभयो । नगरपालिकाको ८ नम्बर वडामा कागति र अमिला राम्रो उत्पादन हुने भएकाले कृषकलाई फलफूलमा आत्मनीर्भर बनाउने उदेश्यका साथ बिरुवाहरु वितरण गरिएको हो । विरुवा वितरण कार्यक्रममा पार्टिका कर्णाली प्रदेश सचिवालय सदस्य पुस्तक चन्द , जिल्ला संयोजक मान बहादुर शाही ,वडा अध्यक्ष , जिल्ला कमीटि सदस्य लगायतको उपस्थिति रहेको थियो । पार्टिले स्थापना दिवसको अवसरमा नगरपालिकाका अन्य ठाँउहरुमा पनि विभिन्न कार्यक्रमहरु पनि गरिएको छ।

पर्टि स्थापना भएको दुईबर्षमै कृषक र समुदायवासिको घरदैलोमै पुगेर पार्टिले कृषकमाझ सहकार्य गरेर उदाहरणीय कार्य गरेको भन्दै स्थानियवासिहरु खुसीभएकाछन् ।