राष्ट्रिय

जहाज दुर्घटना अपडेट क्याप्टेनको जीवितै उद्धार, १८ जनाको ज्यान गयो, सबै सौर्यकै कर्मचारी

अपडेट, मुख्य खबर १, मुख्य खबर २, राष्ट्रिय
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान भएको सौर्य एअरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको ज्यान गएको छ । जहाजका क्याप्टेनको सकुशल उद्धार गरिएको छ । दुर्घटना भएको जहाजमा सौर्य एअरलाइन्सकै प्राविधिक र इन्जिनियरहरू रहेका प्रहरीले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले जानकािर दिएको अनुसार जहाजमा १७ जना प्राविधिक र इन्जिनियर तथा दुई जना चालक दलका सदस्य थिए । जहाजका क्याप्टेन मनिष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको पनि उहाँले बताउनुभयो । शाक्यको टाउकोमा चोट लागेको छ । १८ जनाको शव निकालिएको नेपाली सेनाले जानकारी दिएको छ । नेपाल प्रहरीले भने १५ जनाकाे ज्यान गएकाे र चार जनाकाे उद्धार गरिएकाे जनाएकाे छ । बिहान ११ बजेतिर पोखरा उड्ने क्रममा सौर्य एअरलाइन्सको जहाज धावनमार्ग छाडिसकेपछि भुइँमा बजारिएको हो । भुइँमा बजारिएपछि जहाजमा लागेको आगो निभाइएको छ । इन्जिन...
दार्मा सल्यानमा पुगेर प्रधानमन्त्रीकाे भनाइ ः साना योजना प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण

दार्मा सल्यानमा पुगेर प्रधानमन्त्रीकाे भनाइ ः साना योजना प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण

अपडेट, मुख्य खबर १, मुख्य खबर २, राष्ट्रिय, स्थानीय
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतमा सङ्घीय सरकारले कार्यान्वयन गर्दै आएका साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरेर सङ्घीयतालाई थप सबल तुल्याइने बताउनुभएको छ । दार्मा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस वर्षदेखि बजेटसम्बन्धी नीति र कार्यतालिका परिमार्जन गरेर सङ्घीयता सबल बनाउन लागिएको बताउनुभयो । “योजनामा देखिएको दोहोरोपना अन्त्य गर्ने, ३ करोडभन्दा साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरिएको छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यी प्रयासहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ गर्नेछन् ।” आफूले तेस्रोपटक सरकारको नेतृत्व गरेपश्चात् सबैभन्दा बढी ध्यान सङ्घीयता कार्यान्वयनमा लगाइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले यस अवधिमा राष्ट्रिय समन्वय परिषद्का द...
रुकुम पश्चिमका छ वटा स्थानीय तह मध्य त्रिवेणी गाउँपालिका कार्य सम्पादनमा उत्कृष्ट

रुकुम पश्चिमका छ वटा स्थानीय तह मध्य त्रिवेणी गाउँपालिका कार्य सम्पादनमा उत्कृष्ट

अपडेट, मुख्य खबर १, मुख्य खबर २, राष्ट्रिय, स्थानीय
राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले आर्थिक वर्ष ०७९÷८० को स्थानीय तहको कार्य सम्पादन मूल्याङकन नतिजा सार्वजनिक गरेको छ । संवैधानिक निकायको रुपमा रहेको आयोगले मंगलबार स्थानीय तहहरुको प्रारम्भिक नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक नतिजा अनुसार रुकुम पश्चिमका छ वटा स्थानीय तह मध्य त्रिवेणी गाउँपालिकाले सबैभन्दा बढी अंक प्राप्त गरेको छ । त्रिवेणी गाउँपालिकाले ४७.३६ अंक प्राप्त गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेम बहादुर घर्तीले जानकारी दिनुभयो । त्यसैगरी बाँफिकोट गाउँपालिकाले ४४.२४, आठविसकोट नगरपालिकाले ४२.१६, चौरजहारी नगरपालिकाले ४१.७०, मुसिकोट नगरपालिकाले ४१.३१ र सानीभेरी गाउँपालिकाले ३५.२८ अंक प्राप्त गरेका छन् । कार्य सम्पादन मूल्याङन नतिजा, भूगोल तथा भारित लागत, जनसङख्या, मानव विकासको अवस्था लगायतको अवस्थालाई आधार लिई आगमी आर्थिक वर्षको समानिकरण अनुदान तथा...
दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) उपाधि ललितपुर सिटी एफसीले जित्यो

दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) उपाधि ललितपुर सिटी एफसीले जित्यो

अपडेट, खेलकुद, मुख्य खबर २, राष्ट्रिय, स्थानीय
काठमाडौँ, पुस १४ गते । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) उपाधि ललितपुर सिटी एफसीले जितेको छ । दशरथ रङ्गशालामा शनिबार साँझ भएको फाइनल खेलमा धनगढी एफसीलाई ३–२ गोलले हराउँदै ललितपुर च्याम्पियन बनेको हो । उपाधिसँगै ललितपुरले ७० लाख रुपियाँ पुरस्कार पाएको छ । ललितपुरलाई जित दिलाउन इमो एजिकेलले दुई गोल गर्नुभयो । अर्को गोल दिनेश हेम्जनले गर्नुभएको थियो । धनगढीका लागि ओलावाले अफिज र अहमेद हिजाजीले एक एक गोल गर्नुभयो । धनगढी पहिलो संस्करणमा पनि उपविजेता बनेको थियो । पहिलो संस्करणको फाइनलमा धनगढी काठमाडौँ रेजर्ससँग पराजित भएको थियो । प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता भने धनगढीले लिएको थियो । ओलावाले अफिजले खेलको ३९औँ मिनेटमा गोल गर्दै टोलीको उत्साह जगाउनुभएको थियो । पहिलो हाफको इन्जुरी समयमा ललितपुरका इमो एजिकेलले बराबरी गोल फर्काउनुभयो । ५१औँ मिनेटमा दिनेशले गोल गर्द...
बालकुमारी घटना : मृतकका परिवारलाई १० लाख राहत दिने सरकारको निर्णय

बालकुमारी घटना : मृतकका परिवारलाई १० लाख राहत दिने सरकारको निर्णय

अपडेट, मुख्य खबर १, राष्ट्रिय, स्थानीय
काठमाडौं, पुस १४ गते। सरकारले बालकुमारी घटनामा ज्यान गुमाएका परिवारलाई जनही १०/१० लाखका दरले राहत उपलब्ध गराउने भएको छ। शनिबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सो घटनाका मृतक दैलेखका सुजन रावत र अछामका वीरेन्द्र साहको परिवारलाई १०/१० लाखका दरले राहत उपलब्ध गराउने निर्णय हो। सो घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई १० लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरिएको नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो। बैठकले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना समेत व्यक्त गरेको छ। त्यसैगरी मन्त्रिपरिषद् बैठकले सो घटनामा परी घाइते भएकाको सम्पूर्ण उपचार खर्च पनि सरकारले व्यहोर्ने निर्णय गरेको पनि सञ्चारमन्त्री शर्माले बताउनुभयो। स...
दलहरूले निर्वाचन अगाडि गरेका प्रतिबद्धतालाई कार्यान्वयन गराउन नखोज्दा प्रदेशको नामकरण नभएको :प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राई

दलहरूले निर्वाचन अगाडि गरेका प्रतिबद्धतालाई कार्यान्वयन गराउन नखोज्दा प्रदेशको नामकरण नभएको :प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राई

राष्ट्रिय
प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले दलहरूले निर्वाचन अगाडि गरेका प्रतिबद्धतालाई कार्यान्वयन गराउन नखोज्दा प्रदेशको नामकरण नभएको बताएका छन् । आज विराटनगरमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री राईले ’निर्वाचन अगाडि जे प्रतिबद्धताका साथ जुन नाम राख्छु भनेर दलहरूले भोट मागे र चुनाव जिते , अहिले त्यो प्रतिबद्धताअनुसार नाम राख्न नमान्दा समस्या भएको बताएका छन् । उनले कांग्रेसले पनि पहिचान भेटिने कुरा खोजेर पछि हटेको र एमालेले किराँत कोसी प्रदेश राख्ने भनेर चुनाव जिते पनि नाम राख्ने बेलामा पछि हटेको आरोप लगाएका छन् । यस्तैे मुख्यमन्त्रीको क्षमता र असमक्षतासँग प्रदेशको नामकरणको विषय नजोडिएको मुख्यमन्त्री राईको भनाई छ ।...
चितवन प्रहरीको सफलता : घटनाको २४ घण्टा नबित्दै मनि ट्रान्सफरमा डाँका गर्ने ब्यक्ति पक्राउ

चितवन प्रहरीको सफलता : घटनाको २४ घण्टा नबित्दै मनि ट्रान्सफरमा डाँका गर्ने ब्यक्ति पक्राउ

अपडेट, मुख्य खबर २, राष्ट्रिय, स्थानीय
जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी टाेलिले धारिलो हतियार देखाई मनि ट्रान्सफरमा डाँका गर्ने एक जनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नंम्बर ४ मा फनपार्क नजिक पूर्ण शंकर गौतमको घरमा सञ्चालित नारायणी मनि ट्रान्सफरमा डाँका गर्ने नवलपरासी बर्दघाट सुस्ता पुर्व घर भई हाल भरतपुर महानगरपालिका वडा नंम्बर १६ मा डेरा गरी बस्ने ४२ बर्षीया मिनमान सुनारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी प्रमुख एसपी नवराज अधिकारीले आज पत्रकार सम्मेलन गरेर जानकारी दिए । आरोपित सुनारले (आइतबार) दिउँसो एक बजेको समयमा मनि ट्रान्सफरको कोठाभित्र गई धारिलो हतियार दाउ जस्तो देखिने फलाम देखाई काउन्टरमा बसिरहेकी कर्मचारीहरुलाई डरत्रास देखाउदै ज्यान मार्ने धम्की समेत दिइ नगद दुई लाख चार हजार दुई सय पचास रुपैयाँ जबरजस्ती डाँका गरी लुटी फरार भएका थिए । मनि ट्रान्सर्फर लुटिएको सूचना पाउने बित्त...
हामी १०० दिनको दौडमा छैनौं, ५ वर्षका योजना छन् : प्रमुख बालेन्द्र

हामी १०० दिनको दौडमा छैनौं, ५ वर्षका योजना छन् : प्रमुख बालेन्द्र

अपडेट, राष्ट्रिय, स्थानीय
काठमाडौं महानगरको मेयर पदको कार्यकाल १०० दिन पुगेको अवसरमा मेयर बालेन्द्र शाहले आफूहरु सय दिनको दौडमा नभई ५ वर्षका लागि तय गरिएका योजनाहरुमा लागिरहेको बताउनुभएको छ । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर शाहले आफूहरु अझै केही समय गाली र आलोचनामात्रै सहन तयार रहेको तर हतार गरेर महानगरका समस्याहरुको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार नभएको बताउनुभएको हो । आफू र आफ्ना कामप्रति विश्वास र समर्थन गर्नेहरुलाई आफूहरुलाई निराश नबनाउने उहाँले दावी गर्नुभएको छ । मेयर शाहले लेख्नुभएको छ– हाम्रो १०० दिन कस्तो रह्यो भन्ने बारेमा हामी आफैंले मूल्यांकन गर्ने भन्दा पनि आममानिसहरुले कसरी हेर्नु भयो भन्ने बढी अर्थपुर्ण हुन्छ । हामीले आफ्नो कार्यक्षेत्र, कर्तव्य र अधिकारले दिनेसम्म सचेत रहेर काम गर्‍यौं , त्यसले आममानिसहरुमा कस्तो सन्देश दियो भन्ने कुराले हामीलाई फरक पार्छ । मानिसहरुमा सक...
उदयपुर सामूहिक हत्या

उदयपुर सामूहिक हत्या

अपडेट, राष्ट्रिय, स्थानीय
दयपुरमा भएको एकैपरिवारको तीनजनाको हत्या पछाडि सामान्य विवाद कारक रहेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका नरबहादुर बस्नेतसँग प्रारम्भिक सोधपुछपछि प्रहरीले हत्याको कारण सामान्य विवाद देखिएको बताएको हो । शुक्रबार बिहान ११ बजे बेलका नगरपालिका– ७ गोवाटारका ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षकी सरिता बस्नेत र १२ वर्षका छोरा सुजन बस्नेत मृत अवस्थामा भेटिएका थिए । जिल्ला प्रहरी कार्यालय, उदयपुर स्रोतका अनुसार पक्राउ परेका नरबहादुरले मृतक राजुकमारकी श्रीमती सरिता दुई/तीन वर्षदेखि आफ्नो सपनामा आएर दुःख दिने गरेको बयान दिएका छन् । ‘शुक्रबार जंगलमा घाँस काट्न गएका बेला उनले त्यसबारे राजकुमारलाई बताएछन्’ एक अनुसन्धान अधिकृतले भने, ‘उनले सरितालाई बोक्सी लागेको हुनसक्ने बताएपछि विवाद भएको देखिन्छ ।’ प्रहरीका अनुसार नातेदार समेत ...
तीन हजार खसीबोका र च्याङ्ग्रा खरिद गर्दै खाद्य कम्पनी

तीन हजार खसीबोका र च्याङ्ग्रा खरिद गर्दै खाद्य कम्पनी

अपडेट, मनोरन्जन, मुख्य खबर २, राष्ट्रिय, स्थानीय
नेपालमा  चाडपर्व लक्षित खाद्य वस्तुहरुको आपूर्ति र व्यवस्था मिलाउने एउटा सरकारी निकाय पनि छ । त्यो हो, खाद्य व्यवस्था तथा व्यापार कम्पनी । यो कम्पनीले काठमाडौं उपत्यकामा दशैंलाई लक्षित गरेर करिब तीन हजार गोटा खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले हरेक वर्ष सर्वसुलभ रुपमा खसीबोका र च्याङ्ग्रा बिक्री गर्दै आएको कम्पनीले यस वर्ष पनि दशैंका लागि खसीबोका ल्याउने तयारी गरेको जानकारी दिईन् । उनले भनिन्, ‘यस वर्षको दशैंका लागि हामीले तीन हजार गोटा खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी थालेका छौं । जसमा दुई हजार गोटा खसीबोका खरिद गर्छौ भने तीन हजार गोटा च्याङ्ग्रा खरिद गर्ने तयराी थालेका छौं ।’ कम्पनीले खसीबोका र च्याङ्ग्रा खरिदका लागि अनुमानित ६ करोड रुपैयाँ बजेट छुट्याइएको सूचना अधिकारी न्यौपानेले जानकारी दिइन् । यो बज...