खेलकुद

त्रिवेणीकाे सिम्रुतुमा विविध खेलकुद प्रतियोगिता हुने

त्रिवेणीकाे सिम्रुतुमा विविध खेलकुद प्रतियोगिता हुने

अपडेट, खेलकुद, मुख्य खबर १, स्थानीय
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर २ सिम्रुतुमा छैटौं मयूर कप सञ्चालन हुने भएको छ । मयूर युवा क्लवको १८ औं वार्षिक उत्सवको अवसरमा क्लवले विविध खेलकुद प्रतियोगिता सञ्चालन गर्न लागेको हो । मयूर कप आगामि चैत २९ गतेदेखि वैशाख २ गतेसम्म सञ्चालन हुने क्लवका सचिव सोमपाल कामीले जानकारी दिनुभयो । उहाँका अनुसार वार्षिक उत्सवको अवसरमा खुल्ला शुद्ध वडा स्तरिय पुरुष भलिवल, व्याटमिन्टन, हाजिरी जवाफ, एकल नृत्य, सफफुट, र भाले तान्ने प्रतियोगिता सञ्चालन हुनेछन् । पुरुष भलिवल प्रतियोगितामा प्रथम हुने समुहले १ लाख नगद सहित कप मेडल र प्रमामपत्र प्राप्त गर्ने छ । दोस्रो स्थान प्राप्त गर्ने समुहले ६० हजार नगद सहित कप मेडल र प्रमामपत्र प्राप्त गर्दा तेस्रो र सान्तवना हुने समुहले समान २५/ २५ हजार नगद सहित मेडल प्रमाणपत्र प्राप्त गर्ने छ । दर्ता शुल्क १० हजार रहेको छ । त्यस्तै ब्याटमिन्टन प्रति...
कर्णालीकै सर्वाधिक पुरस्कार राशिको खुला ब्याडमिन्टन रुकुम पश्चिममा हुदै

कर्णालीकै सर्वाधिक पुरस्कार राशिको खुला ब्याडमिन्टन रुकुम पश्चिममा हुदै

अपडेट, खेलकुद, मुख्य खबर १, स्थानीय
रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलङ्गामा खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । रुकुम उद्योग वाणिज्य सङ्घको आयोजनामा मुसिकोट खलङ्गाको बराहटाकुरामा हुन लागेको महोत्सवको अवसरमा खुला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता हुने भएको हो । सङ्घले फागुन १८ देखि २८ गतेसम्म सञ्चालन हुने गरी ‘रुकुम पश्चिम कृषि, व्यापार तथा सांस्कृतिक महोत्सव २०८०’ आयोजना गरेको छ ।    यसै अवसरमा खुला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता समेत आयोजना गरिएको रुकुम उद्योग वाणिज्य सङ्घका महासचिव अनिल बुढाले जानकारी दिनुभयो । ब्याडमिन्टन फागुन २३ देखि २५ गतेसम्म बराहटाकुरा कवर्डहलमा सञ्चालन हुने उहाँले बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा देशभरका ब्याडमिन्टन खेलाडीले सहभागिता जनाउन पाउनेछन् । तर नेपाल ब्याडमिन्टन सङ्घको वरीयतामा समावेश खेलाडीहरूले भने खेल्न नपाउने महासचिव बुढाले जानकारी दिनुभयो ।    पु...
दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) उपाधि ललितपुर सिटी एफसीले जित्यो

दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) उपाधि ललितपुर सिटी एफसीले जित्यो

अपडेट, खेलकुद, मुख्य खबर २, राष्ट्रिय, स्थानीय
काठमाडौँ, पुस १४ गते । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) उपाधि ललितपुर सिटी एफसीले जितेको छ । दशरथ रङ्गशालामा शनिबार साँझ भएको फाइनल खेलमा धनगढी एफसीलाई ३–२ गोलले हराउँदै ललितपुर च्याम्पियन बनेको हो । उपाधिसँगै ललितपुरले ७० लाख रुपियाँ पुरस्कार पाएको छ । ललितपुरलाई जित दिलाउन इमो एजिकेलले दुई गोल गर्नुभयो । अर्को गोल दिनेश हेम्जनले गर्नुभएको थियो । धनगढीका लागि ओलावाले अफिज र अहमेद हिजाजीले एक एक गोल गर्नुभयो । धनगढी पहिलो संस्करणमा पनि उपविजेता बनेको थियो । पहिलो संस्करणको फाइनलमा धनगढी काठमाडौँ रेजर्ससँग पराजित भएको थियो । प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता भने धनगढीले लिएको थियो । ओलावाले अफिजले खेलको ३९औँ मिनेटमा गोल गर्दै टोलीको उत्साह जगाउनुभएको थियो । पहिलो हाफको इन्जुरी समयमा ललितपुरका इमो एजिकेलले बराबरी गोल फर्काउनुभयो । ५१औँ मिनेटमा दिनेशले गोल गर्द...
बेल्टार ब्याडमिन्टन एकेडेमीकी रोजी राई राष्ट्रिय टिममा पर्न सफल

बेल्टार ब्याडमिन्टन एकेडेमीकी रोजी राई राष्ट्रिय टिममा पर्न सफल

खेलकुद, स्थानीय
बेल्टार ब्याडमिन्टन एकेडेमीकी रोजी राई राष्ट्रिय टिममा पर्न सफल भएकी छिन् । भारतको गुहाटीमा आगामी सेप्टेम्बर २६ देखी ३० तारिखसम्म आयोजना हुने साउथ एसिया क्षेत्रिय जुनियर च्याम्पियनसिप प्रतियोगिता २०२२ का लागि चौदण्डीगढी नगरपालिकाकी रोजी राई राष्ट्रिय टिममा पर्न सफल भएकी हुन् ।   केही समय अघि भएको नवौं राष्ट्रिय खेलकुद अन्तर्गत भएको ब्याडमिन्टन खेलको प्रदेश नम्बर १ को छनौटमा पनि उनी पर्न सफल भएकी थिईन् । बेल्टार ब्याडमिन्टन एकेडेमीकी खेलाडी रहेकी राईलाई हिजो एक कार्यक्रमको आयोजना गरेर विदाई गरिएको छ । बिदाई कार्यक्रममा चौदण्डीगढी नगरपालिकाका पुर्व मेयर खगेन्द्र राई, नगर खेलकुद बिकास समितिका अध्यक्ष नन्दु मगर, वडा नम्बर ६ का वडा अध्यक्ष अम्बर बहादुर खड्का , बेल्टार ब्याडमिन्टन एकेडेमीका प्रशिक्षक भेष बहादुर मगर, समाजसेवी उर्मिला राई लगायतको सहभागिता रहेको थियो ।...
साफ महिला च्याम्पियनसिप : नेपाल र भारतको भेट सेमिफाइनलमै

साफ महिला च्याम्पियनसिप : नेपाल र भारतको भेट सेमिफाइनलमै

अन्तर्राष्ट्रिय, अपडेट, खेलकुद
साफ महिला च्याम्पियनसिपको सेमिफाइलनमा नेपाल र भारत भिड्ने भएका छन् । २०१९ मा सेमिफाइनलबाट बाहिरिएको बंगलादेश पाँच पटकको साफ च्याम्पियन भारतलाई हराउँदै समूह एको विजेता बनेसँग सेमिफाइनलमा नेपाल र भारतको भेट पक्का भएको हो । बंगलादेशले सेमिफाइलनमा समूह एको उपविजेता भुटानलाई प्रतिद्वन्द्वी पाएको छ । साफ महिला च्याम्पियनसिपका यसअघिका पाँचै वटा संस्करणमा नेपाल र भारतको भेट भएको छ । चार पटक फाइलनमा र एक पटक सेमिफाइनलमा नेपाल भारतसितै पराजित भएको छ । जसमा तीन खेलमा नेपालले गोल गर्दै दुई खेलमा नेपालले भारत विरुद्ध गोल गर्न सकेको छैन । पाँच पटक आमने सामने हुँदा भारतले नेपालको पोष्टमा १६ गोल गरेको छ भने नेपालले जम्मा ३ गोल मात्र फर्काएको छ । नेपाल र भारत तथा बंगलादेश र भुटानबीचको सेमिफाइनल खेल शुक्रबार हुने छ । मंगलबारको खेलमा भारतलाई हराउने क्रममा बंगलादेशका जाहान सोप्नाले २ तथा कृष...
कार्बोहाइड्रेटको कमी हुँदा गम्भीर रोगको जोखिम

कार्बोहाइड्रेटको कमी हुँदा गम्भीर रोगको जोखिम

अन्तर्राष्ट्रिय, अपडेट, खेलकुद, मनोरन्जन, राष्ट्रिय, स्थानीय
चामल खाँदै नखानुहोस्, आलु छुनै हुन्न ।’ यस्तै प्रचार गर्दै कतिपयले मोटोपन नियन्त्रण गर्ने सूत्र दिइरहेका छन् । चामल र आलु कार्बोहाइड्रेटको प्रमुख स्रोत हुन् । कार्बोहाइड्रेटयुक्त खानेकुराले मोटोपन बढाउँछ भन्ने बुझाइ व्याप्त छ । यसैलाई शिरोधर गर्दै धेरैले आफ्नो खानाबाट धमाधम कार्बोहाइड्रेट कटौती गरिरहेका छन् । कतिले भनिरहेका छन्, ‘कार्बोहाइड्रेटयुक्त खानेकुरा छाडेपछि उच्च रक्तचाप, मधुमेह जस्ता दीर्घरोग समेत निको हुन्छ ।’ के वास्तवमै शरीरका लागि कार्बोहाइड्रेट जरुरी छैन ? कार्बोहाइड्रेटले शरीरमा के काम गर्छ ? कार्बोहाइड्रेटले मोटोपन बढ्छ ? कार्बोहाइडेट कार्बन हाइड्रोजन र अक्सिजन मिलेर बनेको पदार्थ हो । यो पोषक तत्वले शरीरमा ऊर्जा प्रदान गर्छ । शरीरको कुल उर्जाको ८० प्रतिशत भाग यसैबाट प्राप्त हुन्छ । त्यसैले कार्बोहाइड्रेट हाम्रो शरीरका लागि अत्यावश्यक छ । सामान्यता एउटा स्वस्थ...
जलवायु परिवर्तनको असर : सन् २०३० सम्म लु तीनगुणा बढ्न सक्ने !

जलवायु परिवर्तनको असर : सन् २०३० सम्म लु तीनगुणा बढ्न सक्ने !

अन्तर्राष्ट्रिय, अपडेट, खेलकुद, मनोरन्जन, राष्ट्रिय, स्थानीय
जलवायु परिवर्तनका कारण पृथ्वीमा अनेकौं समस्या आइरहेका छन् । संयुक्त राष्ट्र संघले जलवायुमा भइरहेको तीव्र परिवर्तनका कारण सन् २०३० सम्ममा वार्षिक ५६० विपद्का घटना झेल्नुपर्ने बताएको छ । राष्ट्र संघका अनुसार सन् २०१५ देखियता पृथ्वीले वार्षिक ४०० विपद्को सामना गरिरहेको छ । संयुक्त राष्ट्र संघको डिजास्टर रिस्क रिडक्सनको प्रतिवेदन अनुसार सन् १९७० बाट २००० को मध्यसम्म विपद्को संख्या ९०–१०० रहेको उल्लेख छ । २०३० सम्ममा लु र सुख्खापन झेल्नुपर्ने सन् २००१ को तुलनामा २०३० सम्ममा तातो हावा लु तीन गुणासम्म बढ्ने संयुक्त राष्ट्र संघको अध्ययनले देखाएको छ । साथै सुख्खापन ३० प्रतिशतसम्म बढ्ने अनुमान गरिएको छ । भारतमा मार्च महिनाको गर्मी १२१ वर्षयताकै सबैभन्दा बढी छ । जलवायु परिवर्तनका कारण प्राकृतिक विपद् मात्रै नभई कोरोना महामारी, आर्थिक संकट र खाद्यान्नमा समेत कमी आउने अध्ययनले बताएको छ । ...
बागी उम्मेदवारी फिर्ता गराउने सत्तारुढ गठबन्धनको निर्णय

बागी उम्मेदवारी फिर्ता गराउने सत्तारुढ गठबन्धनको निर्णय

अन्तर्राष्ट्रिय, अपडेट, खेलकुद, मनोरन्जन, राष्ट्रिय, स्थानीय
१४ वैशाख, काठमाडौं । सत्तारुढ गठबन्धनका पाँच दलका शीर्ष नेताले स्थानीय तह निर्वाचनमा गठबन्धनको निर्णयविपरीत दर्ता भएका उम्मेदवारी फिर्ता लिने सहमति भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा गठबन्धनले गरेको सिट बाँडफाँट विपरीत गठबन्धनभित्रका दलको तर्फबाट दर्ता भएको उम्मेदवारी फिर्ता लिने सहमति भएको हो । बैठकपछि शीर्ष नेताहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा गठबन्धनको सहमति विपरीत दर्ता भएको बागी उम्मेदवारी फिर्ता लिन तल्ला समितिहरुलाई निर्देशन दिइएको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको लागि दर्ता गरेको मनोनयन फिर्ता लिने दिनको अघिल्लो दिन बुधबार गठबन्धनका शीर्ष नेताको बैठक बसेको थियो । सो बैठकले गठबन्धनभित्रका कुनै पनि दलले गठबन्धनबाहिरका दलसँ...