सिम्रुतुमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा त्रिवेणी गाउँपालिका ४ जय बहादुर गिरीको मृत्यु घटनास्थलमै मृत्यु

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका २ सिम्रुतुमा मिनि ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिष्णु प्रसाद श्रेष्ठका अनुसार त्रिवेणी गाउँपालिका ४ खारा निवासी अन्दाजी ४५ वर्षिय जयबहादुर गिरीको मृत्यु भएको हो । 

मंगलबार बिहान रा १ ख ३२१७ नम्वरको मिनि ट्रकले मृतक गिरी सवार रा ६ प ८५५८ नम्वरको मोटरसाईकललाई ठक्कर दिएको थियो । प्रहरी निरीक्षक श्रेष्ठका अनुसार ट्रकको ठक्करबाट गिरीको घटनास्थलमै मृत्यु भएको थियो । 

प्रहरीले ट्रक चालक सल्यानको छत्रेश्वरी गाउँपालिका ७ निवासी २९ वर्षिय लक्ष्मण खड्कालाई नियन्त्रणमा लिएको जनाएको छ । 

घटनास्थलमा रहेका आक्रोशित स्थानीयहरुले ट्रक तोडफोड गरेका छन् । अहिले घटनास्थलमा प्रहरी निरीक्षक श्रेष्ठको नेतृत्वमा जिल्लाबाट अाएकाे प्रहरी टोली पुगेको छ ।