त्रिवेणी गाउँपालिकामा पनि ख बर्गकाे एम्बुलन्स , यसले स्वास्थयमा सहजता ल्याउने बिश्वस

त्रिवेणी गाउँपालीकालाई भारत सरकारले नेपालकालागी उपहारस्वरुप प्रदान गरेको एम्बुलेन्स  प्राप्त भएको छ ।

भारतीय राजदूतावासले गत असारमा प्रदान गरेको एम्बुलेन्स हिजो शनिबार मात्रै त्रिवेणी गाउँपालीकामा आइपुगेको हो । हिजो शनिबार भएका कारण आज एक कार्यक्रमका विच दुतावासका प्रतिनीधिले गाउँपालीका अध्यक्ष गणेश कुमार केसि र स्वास्थ्य शाखा प्रमुख प्रेम बहादुर पुनलाई साँचो हस्तान्तरण गर्नु भएको हो ।

सोही अवसरमा बोल्दै पालिका अध्यक्ष केसीले भारत सरकारको सहयोगमा पालिकामा एम्बुलेन्सले ठुलो सहयोग पुग्ने बताउनु भयो । उहाँले यस्ता सहयोगले दुई देशबीचको जनता–जनताबीचको सम्पर्क र द्विपक्षीय सम्बन्धलाई निरन्तर सुदृढ बनाउदै लैजाने बताउनु भयो ।


सो कार्यक्रममा बोल्दै राजदूत प्रतीनिधिले उक्त एम्बुलेन्सको हस्तान्तरणले स्वास्थ्य क्षेत्रमा पूर्वाधार विकास गर्न नेपाल सरकारले गरेका प्रयासलाई थप बलियो बनाउन नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत भारत सरकारको लामो समयदेखिको परम्परा रहेको बताउनु भयो । उहाँले यो कार्यक्रम भारत र नेपालबीचको बलियो विकास साझेदारीकै एक अंशको रुपमा रहेको जानकारी दिनुभयो ।

 

सो एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष , वडा अध्यक्षहरु, स्वास्थय शाखा प्रमुख, राजनीतिक दलका प्रतिनिधि,समाजसेवी लगाएतको उपस्थिति रहेको थियो ।