मनोरन्जन

त्रिवेणी पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव सुरु १५ गते सन्दिप न्यौपाने आउने

त्रिवेणी पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव सुरु १५ गते सन्दिप न्यौपाने आउने

मनोरन्जन, मुख्य खबर १, स्थानीय
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका  वडा नम्बर २ सिम्रुतुमा महोत्सव सुरु भएको छ  । मयुर युवा क्लबको आयोजनामा प्रथम त्रिवेणी पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव आजबाट सुरु भएको हो। महोत्सवको त्रिवेणी  गाउँपालिका अध्यक्ष गनेशकुमार केसीले उद्घाटन गर्नुभयो । आज एक समारोहका बिच महोत्सवको औपचारिक  उद्घाटन गरिएको हो ।  महोत्सव संयोजक सोम्पाल कामीको अध्यक्षतामा भएको कार्यक्रममा त्रिवेणी गाउँपालिका अध्यक्ष केसीको प्रमुख आतिथ्यता रहेकोमा उद्योग वाणिज्य संघ रुकुमपश्चिमका सदस्य दिपिका चन्दको विशेष आतिथ्यता रहेको थियो ।  कार्यक्रममा ४ नम्बर वडा अध्यक्ष नन्दराम बाँठा, ६ नम्बर वडा अध्यक्ष भद्रबहादुर सेर्पाली, ७ नम्बर वडा अध्यक्ष धनबहादुर खड्का, राजनीतिक दल, सुरक्षा निकाय,  पत्रकार लगायतको पनि आतिथ्यता रहेको थियो । डिल्ला मल्लको स्वागत नृत्य  रहेको कार्यक्रमको सञ्चालन महोत्सव प्रचार संयोजक बले...
त्रिवेणी गाउँपालिकामा पहिलो त्रिवेणी व्यापार तथा सांकृतिक महोत्सव हुने

त्रिवेणी गाउँपालिकामा पहिलो त्रिवेणी व्यापार तथा सांकृतिक महोत्सव हुने

मनोरन्जन, मुख्य खबर २, स्थानीय
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा पहिलो त्रिवेणी व्यापार तथा सांकृतिक महोत्सव हुने भएको छ । यही वैशाख १४ गतेदेखि २४ गतेसम्म त्रिवेणी गाउँपालिका वडा नम्बर २ सिम्रुतुमा महोत्सव सञ्चालन हुने भएको हो । ‘‘परम्परागत संस्कृति मौलिक कला, विकृती विसंगती हटाउने हाम्रो गला’’ भन्ने मुल नाराका साथ मयूर युवा क्लवले महोत्सव आयोजना गर्न लागेको हो । आज मुसिकोट नगरपालिका १ खलंगामामा पत्रकार सम्मेलन गरेर मयूर युवा क्लवका सचिव सोमपाल कामीले महोत्सव लाग्ने बारेमा जानकारी बनाउनुभएको हो । मयूर युवा क्लवको आयोजना तथा राप्ती साहित्य परिषद रुकुम पश्चिमको समन्वयमा महोत्सव सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो । महोत्सवकोे व्यवस्थापन सिम्रुतु बजार व्यवस्थापन समितिले गर्ने छ । भने संरक्षकको रुपमा त्रिवेणी गाउँपालिका रहेको छ । महोत्सवमा ५० वटा व्यापारिक स्टल राखिने आयोजकले जनाएको छ । १० वटा स्टल भने स्थानी...
रुकुम महोत्सवमा आज नायक पल शाहको प्रस्तुति रहने ,,

रुकुम महोत्सवमा आज नायक पल शाहको प्रस्तुति रहने ,,

अपडेट, फोटो भिडियो, मनोरन्जन, मुख्य खबर १, मुख्य खबर २, स्थानीय
रुकुम पश्चिम महोत्सव सातौँ दिन आज पनि जारी रहने छ । महोत्सवमा आज चर्चित नायक तथा मोडल पल शाह आउने सह आयोजक कला संस्कृति, पर्यटन प्रवर्द्धन मञ्चका अध्यक्ष डिल्ली परियारले जानकारी दिनुभयो । पल दोस्रो पटक रुकुम पश्चिम आउन लाग्नुभएको हो । जबरजस्ती करणीको मुद्दामा एक वर्ष जेल बसेका पल सफाइ पाएपछि सार्वजनिक कार्यक्रममा सहभागी हुने क्रममा पहिलो पटक रुकुम पश्चिम पुग्नुभएको थियो । उहाँको यो जेल जीवन पछिको पहिलो सार्वजनिक कार्यक्रम थियो ।   पल हेलिकोप्टर मार्फत रुकुम आउने बताइएको छ । रुकुमका विभिन्न पर्यटकीय स्थानको अवलोकन गर्दै पल महोत्सव स्थलमा पुग्ने अध्यक्ष परियारले बताउनुभयो । महोत्सव आयोजकले भोली महोत्सव अवलोकनका लागि आउन सबैलाई आग्रह गरेको छ । पल सहित अन्य कलाकारको समेत महोत्सवमा प्रस्तुति रहने अध्यक्ष परियारले बताउनुभयो ।   महोत्सव फागुन २८ गतेसम्म सञ्चालन हुने छ । महोत...
रुकुम पश्चिम महोत्सव: आज चर्चित गायक पशुपति शर्मा आउने

रुकुम पश्चिम महोत्सव: आज चर्चित गायक पशुपति शर्मा आउने

अपडेट, मनोरन्जन, मुख्य खबर १, स्थानीय
रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलङ्गामा छैटौँ दिन आज पनि महोत्सव जारी रहने छ । महोत्सवमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरूले प्रस्तुति राखिरहेका छन् । महोत्सवमा आज चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा आउने सह आयोजक कला संस्कृति, पर्यटन प्रवर्द्धन मञ्चका अध्यक्ष डिल्ली परियारले जानकारी दिनुभयो ।   सयौँ गीत मा स्वर तथा शब्द दिनुभएका शर्माका थुप्रै गीत चर्चित छन् । छैटौँ दिन महोत्सवमा शर्माले मनोरञ्जन दिने परियारले बताउनुभयो । मङ्गलवार चर्चित नायिका तथा मोडल ज्योति मगरले प्रस्तुति राख्नुभएको थियो । मङ्गलवार ज्योतिको प्रस्तुति हेर्न हजारौँ दर्शक बराहटाकुरा पुगेका थिए । आज पनि दर्शक सङ्ख्या उल्लेख्य रहने आयोजकले विश्वास लिएको छ ।   महोत्सव फागुन २८ गतेसम्म सञ्चालन हुने छ । महोत्सवमा चर्चित नायक तथा मोडल पल शाह सहित चर्चित हास्य कलाकार धुर्मुस–सुन्तली लगायतका कलाक...
रुकुम पश्चिम महोत्सव टङ्क तिमिल्सिना तताए, भोली एलिना चौहान आउने

रुकुम पश्चिम महोत्सव टङ्क तिमिल्सिना तताए, भोली एलिना चौहान आउने

अपडेट, मनोरन्जन, मुख्य खबर १, स्थानीय
रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलङ्गाको बराहटाकुरामा आयोजित महोत्सवमा आज पनि विभिन्न कलाकारहरूले प्रस्तुति राखेका छन् । तेस्रो दिन चर्चित गायक टङ्क तिमिल्सिना लगायतका कलाकार आएका थिए । टङ्कले आफ्ना विभिन्न गीतहरू सुनाउनुभएको थियो । उहाँको गीतमा दर्शकले नाचेर रमाइलो गरेका थिए । आइतबार पनि बिहानैबाट मौसमले प्रभावित बनाएको थियो । तर महोत्सवमा उल्लेख्य सङ्ख्यामा दर्शक उपस्थित भएको सह आयोजक कला संस्कृति, पर्यटन प्रवर्द्धन मञ्चका अध्यक्ष डिल्ली परियारले जानकारी दिनुभयो । उहाँका अनुसार आज पनि तीन हजार बढी दर्शकहरू महोत्सव अवलोकन र किनमेलका लागि पुगेका थिए । महोत्सवमा भोली चर्चित गायिका एलिना चौहान आउने अध्यक्ष परियारले बताउनुभयो । केही समय अघिसम्म धोकेबाज गायिकाका रूपमा चर्चित एलिना यति बेला भने आफ्नो नयाँ गीत 'कट्टा हान्दिन्छु' बाट चर्चित छिन् । भोली एलिनालाई हेर्न बाक्लो सङ्ख्यामा दर्श...
रुकुम कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव २०८० सुरू

रुकुम कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव २०८० सुरू

मनोरन्जन, मुख्य खबर १, मुख्य खबर २, स्थानीय
रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलङ्गामा रुकुम कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव २०८० सुरु भएको छ । महोत्सवको कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा मन्त्री उर्मिला विश्वकर्माले उद्घाटन गर्नुभयो । अहिले उद्घाटन समारोह चलिरहेको छ । कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य कल्याणी खड्काको विशेष आतिथ्यता रहेको छ ।   फागुन २८ गतेसम्म सञ्चालन हुने महोत्सवबाट रुकुम पश्चिम र आसपासमा रहेका कृषि, जडीबुटी, पर्यटन, ऊर्जा, संस्कृति तथा सांस्कृतिक वस्तुहरूको प्रदर्शन गरी प्रचार प्रसार गर्ने, स्थानीय उत्पादनहरूको पहिचान गरी बजार विस्तारको अभियान सुरु गर्ने, जिल्लाको लगानीको क्षेत्र र लगानीकर्ताहरूको पहिचान गरी रुकुम पश्चिम लगानी सम्मेलन वा सोही प्रकृतिका कार्यक्रमहरू आयोजना गर्ने लक्ष राखिएको छ ।   त्यस्तै कृषि क्षेत्रको आधुनिकीकरण र जडीबुटी जन्य, वन पैदावार खेती सम्बन्धी अभिम...
रुकुम पश्चिम महोत्सवकाे तयारी पुरा अाज उद्घाटन हुने

रुकुम पश्चिम महोत्सवकाे तयारी पुरा अाज उद्घाटन हुने

मनोरन्जन, मुख्य खबर १, मुख्य खबर २, स्थानीय
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ खलङ्गामा अाज  देखि सञ्चालन हुन लागेको महोत्सवको तयारी पुरा भएको छ । रुकुम उद्योग वाणिज्य सङ्घ रुकुम पश्चिमको आयोजना र कला संस्कृति, पर्यटन प्रवर्द्धन मञ्चको सह आयोजनामा ‘रुकुम पश्चिम कृषि, व्यापार तथा सांस्कृतिक महोत्सव २०८०’ सञ्चालन हुन लागेको हो । महोत्सवको सबै तयारी पुरा भएको रुकुम उद्योग वाणिज्य संघका अध्यक्ष पलबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार अाज देखि सुरु हुने महोत्सव २८ गतेसम्म चल्ने छ । महोत्सव कसले उद्घाटन गर्ने भन्ने बारेमा भने निश्चित भइनसकेको उहाँको भनाई छ । अाज दिउँसो १ बजे देखि महोत्सव उद्घाटन समारोह सञ्चालन हुने उहाँले बताउनुभयो । महोत्सवका लागि स्टल तथा मञ्च व्यवस्थापन लगायतका अन्य सबै तयारी पुरा भएको कला, संस्कृति पर्यटन प्रवर्द्धन मञ्चका अध्यक्ष डिल्ली परियारले बताउनुभयो । महोत्सव उद्घाटन कार्यक्रममा स्थ...
रुकुम महोत्सवमा हाँस्य कालाकार धुृर्मुस सुन्तली  सहित अरू को को आउँदै छन् ?

रुकुम महोत्सवमा हाँस्य कालाकार धुृर्मुस सुन्तली सहित अरू को को आउँदै छन् ?

अपडेट, मनोरन्जन, मुख्य खबर १, स्थानीय
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ खलङ्गाको बराहटाकुरामा आयोजित महोत्सवमा आउने कलाकारको नाम सार्वजनिक गरिएको छ । रुकुम उद्योग वाणिज्य सङ्घको आयोजना र कला संस्कृति, पर्यटन प्रवर्द्धन मञ्चको सह आयोजनामा यही फागुन १८ गतेदेखि २८ गतेसम्म सञ्चालन हुन लागेको ‘रुकुम पश्चिम कृषि, व्यापार तथा सांस्कृतिक महोत्सव २०८०’ मा आउने कलाकारहरूको नाम सार्वजनिक गरिएको हो । महोत्सवमा चर्चित नायक तथा मोडल पल शाह सहित झन्डै चार दर्जन राष्ट्रिय तथा स्थानीय कलाकारहरूले प्रस्तुति राख्ने सह आयोजक कला, संस्कृति, पर्यटन प्रवर्द्धन मञ्चका अध्यक्ष डिल्ली परियारले जानकारी दिनुभयो । पल शाह दोस्रो चोटि रुकुम आउँदै हुनुहुन्छ । जबरजस्ती करणीको आरोपमा एक वर्ष जेल बसेका शाह सफाइ पाएर जेलमुक्त भएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा उपस्थित हुने क्रममा गत वर्ष रुकुम पश्चिमको मुसिकोटमा आयोजित महोत्सवमा आउनुभएको थिय...
प्रेम संगमको  गित ‘तिमी त दुश्मन’ सार्वजानिक (भिडिओ सहित)

प्रेम संगमको गित ‘तिमी त दुश्मन’ सार्वजानिक (भिडिओ सहित)

अपडेट, मनोरन्जन
रुकुम पश्चिमको चौरजहारिका प्रेम संगम (प्रेमबहादुर घर्ती)को   गित ‘तिमी त दुश्मन’ सार्वजनिक भएको छ । प्रेम संगमको शब्द सृजना र समिक्षा अधिकारिको स्वरमा रहेको छ । संगीत संयोजन राजकुमार बगरको रहेको  गित ‘तिमी त दुश्मन’ शुक्रबार सार्वजनिक भएको हो । गितमा प्रेम र धोका कस्तो हुन्छ भन्ने कथा बस्तु समेटियको संगमले बताउनुभयो । विभिन्न कारणले प्रेम सम्बन्धमा आउने उतार चढावलाई गितमा देखाइएको छ । “तिमी त दुश्मन बनेर गयौ मेरो माया झुटो हो भनेर गयौ” गित एभरेस्ट ग्यालरि युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । गितमा सनम कठायत , अनिता घर्ति र सपना क्षेत्रीको लगायत फिचर्ड भएका छन् । https://youtu.be/BIp_lLnP8bQ...
‘मोदीबेनी’को शीर्ष भूमिकामा वर्षा सिवाकोटी

‘मोदीबेनी’को शीर्ष भूमिकामा वर्षा सिवाकोटी

अपडेट, मनोरन्जन
काठमाडौं । ऐतिहासिक कथावस्तुको फिल्म ‘मोदीबेनी’को शीर्ष भूमिकामा वर्षा सिवाकोटी र अमरप्रताप श्रेष्ठले अभिनय गर्ने भएका छन् । मंगलबार कमलादी गणेश मन्दिरमा पूजा गर्दै फिल्म निर्माणको सुरुवात गरियो । मुहूर्त पूजापछि फिल्म छायांकनमा निस्किएको छ । फिल्मको टिमको काम गर्ने शैली र कथावस्तु मन परेर आफू प्रोजेक्टसँग जोडिएको वर्षाले उक्त अवसरमा बताइन् ।...