त्रिवेणी गाउँपालीकामा निशुल्क आँखा उपचार तथा चस्मा वितरण शिविर सुरु


त्रिवेणी गाउँपालीकामा निशुल्क आँखा उपचार तथा चस्मा वितरण शिविर सुरु भएको छ । सोमबार आज बिहान त्रिवेणी गाउँपालीका अध्यक्ष गणेश कुमार केसिले शिविरको उद्घाटन गर्नुभयो । त्रिवेणी गाउँपालीका भित्रका २५ बर्ष भन्दा माथिका मानिसहरुलाई लक्षित गरि शिविरको आयोजना गरिएको किवानिज कलव अफ खारा रुकुम पश्चिम नेपालका अध्यक्ष बिर बहादुर ओलीले जानकारि दिनुभयो ।

किवानिज इन्टरनेस्नल ट्रष्टि मोहन लम्सालको पहलमा हेल्पिङ् हेन्ड हस्पिटल काठमान्डौंको चस्मा सहयोग त्रिवेणी गाउँपालीका स्वस्थय शाखाको आर्थिक तथा प्राविधिक सहयोगमा शिविरको आयोजना गरिएको अध्यक्ष ओलीले बताउनुभयो । उद्घाटन कार्यक्रम किवानिज कलवका अध्यक्ष बिर बहादुर अाेलीकाे अध्यक्षता  तथा  गाउँपालिका अध्यक्ष गणेश कुमार केसिकाे प्रमुख अातित्थ्यता  उपाध्यक्ष राजकुमारि रेउले , प्रमुख प्रशासकीय अधिकृत प्रम बहादुर घर्ति, वडा नम्बर ३ का वडा अध्यक्ष दिपेन्द्र कुमार ओली , वडा नम्बर ३ कै पुर्व वडा अध्यक्ष मोहन ओली , वडा सदस्यहरु लोकेन्द्र केसि , डमबर बहादुर खड्का, स्वस्थ्य शाखा प्रमुख स्थानिय वासिहरुको उपस्थिति रहेको थियो ।

आँखा चेकजाँचका साथै चस्मा निसुल्क वितरण गरिने बताइएको छ । शिविर त्रिवेणी गाउपालीकाका चार ठाँउ गाउपालीका अस्पताल खारानेटा , पेउघा स्वास्थ्य चौकी,सिमु्रतु स्वस्थ्य चौकी र खारा स्वास्थ्य चौकी खुम्चेरिमा क्रमसः १०,११,१२,र१३ गतेसम्म शिविर चल्ने बताइएको छ । शिविरको पहिलो दिन त्रिवेणी गाउँपालीका उपाध्यक्ष राजकुमारि रेउलेले आँखा चेकजाँच गरेर सेवाको सुरुवात गर्नुभएको थियो । पहिलो दिन त्रिवेणी गाउँपालीका अस्पताल खारानेटामा शिविर सञ्चालन गरिएको हो । उद्घाटन कार्यक्रमको सहजिकरण कलवका उपाध्यक्ष कृष्ण बहादुर ओलीले गर्नुभएको थियो ।