त्रिवेणी पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव सुरु १५ गते सन्दिप न्यौपाने आउने

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका  वडा नम्बर २ सिम्रुतुमा महोत्सव सुरु भएको छ  । मयुर युवा क्लबको आयोजनामा प्रथम त्रिवेणी पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव आजबाट सुरु भएको हो। महोत्सवको त्रिवेणी  गाउँपालिका अध्यक्ष गनेशकुमार केसीले उद्घाटन गर्नुभयो । आज एक समारोहका बिच महोत्सवको औपचारिक  उद्घाटन गरिएको हो । 

महोत्सव संयोजक सोम्पाल कामीको अध्यक्षतामा भएको कार्यक्रममा त्रिवेणी गाउँपालिका अध्यक्ष केसीको प्रमुख आतिथ्यता रहेकोमा उद्योग वाणिज्य संघ रुकुमपश्चिमका सदस्य दिपिका चन्दको विशेष आतिथ्यता रहेको थियो । 

कार्यक्रममा ४ नम्बर वडा अध्यक्ष नन्दराम बाँठा, ६ नम्बर वडा अध्यक्ष भद्रबहादुर सेर्पाली, ७ नम्बर वडा अध्यक्ष धनबहादुर खड्का, राजनीतिक दल, सुरक्षा निकाय,  पत्रकार लगायतको पनि आतिथ्यता रहेको थियो । डिल्ला मल्लको स्वागत नृत्य  रहेको कार्यक्रमको सञ्चालन महोत्सव प्रचार संयोजक बलेन्द्र ओलीले गर्नुभएको थियो । 

 
कार्यक्रममा विभिन्न स्थानीय झाँकीहरू, पन्चेबाजा, आमा समुहहरुले नृत्य प्रस्तुत गरेका थिए । महोत्सव वैशाख २४ गतेसम्म सञ्चालन हुने छ । महोत्सवको टिकट शुल्क १ सय तोकिएको छ । महोत्सवमा भोली देखि विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरूले प्रस्तुति राख्ने आयोजकले जनाएको छ । भोली चर्चित गायक   सन्दिप न्यौपाने आउने बताइएको छ । 

महोत्सवमा चर्चित हास्य कलाकार धुर्मुस सुन्तली, नायक दिलिप रायमाझी, गायक  पुष्कल शर्मा, टंक तिमल्सिना, बाल गायक सुप्रीम मल्ल, गायिका ज्योति मगर, एलिना चौहान, सिम्रन परियार, लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरूको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ ।

महोत्सवमा ५० बढी स्टल रहेका छन् । त्यस्तै महोत्सवको  व्यवस्थापकमा सिम्रुतु बजार व्यवस्थापन समिति, र संरक्षकमा त्रिवेणी गाउँपालिका  रहेका छन् ।