अर्थ

त्रिवेणी गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ कालागी  ५८ करोड बढीको बजेट ल्यायो

त्रिवेणी गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ कालागी ५८ करोड बढीको बजेट ल्यायो

अपडेट, अर्थ, मुख्य खबर १, मुख्य खबर २, स्थानीय
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को बजेट लाएको छ । ११ औं गाउँ सभामा शुक्रबार गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउलेले ५८ करोड २३ लाख १३ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नुभयो । कुल विनियोजन बजेट मध्ये चालुतर्फ ३७ करोड १४ लाख १३ हजार अर्थात ६८.६८ प्रतिशत बजेट विनियोजन गर्नुभएको हो ।त्यस्तै पुँजीगततर्फ २१ करोड ६ लाख अर्थात ३६.३२ प्रतिशत बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोत मध्य आन्तरिक राजस्वबाट १ करोड, संघीय सरकार वित्तीय समानिकरणबाट ८ करोड ८८ लाख, संघीय सशर्तबाट २६ करोड ८८ लाख रुपैया प्राप्त भएको छ । त्यस्तै संघीय विशेषतर्फ २ करोड ५० लाख, संघीय सरकार राजस्व बाँडफाँडबाट ८ करोड ३८ लाख, कर्णाली प्रदेश सरकार वित्तीय समानिकरणबाट ९३ लाख ३३ हजार, प्रदेश सरकार सशर्त अनुदान ५ करोड २ लाख ८३ हजार, प्रदेश सरकार समपुरक २ करोड २५...