स्थानीय

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले आर्थिक वर्ष २०८० ०८१ मा भए गरेका गतिविधिको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

अपडेट, मुख्य खबर १, स्थानीय
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले आर्थिक वर्ष २०८० ०८१ मा भए गरेका गतिविधिको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । पालिका तथा वडामा एक वर्षको अवधिमा भए गरेका विकास निर्माण तथा प्रशासनिक कामको सार्वजनिक सुनुवाइ गर्दै कार्यक्रम सम्पन्न गरेको हो । पालिकाले सवै वडालाई समेट्ने गरी ३ स्थानमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको थियो । आइतबार वडा नम्बर ८, ९ र १० लाई समेट्ने गरी वडा नम्बर १० को पेदिखेतमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको थियो । सोमबार वडा नम्बर १, २, ५, ७ को वडा नम्बर २ को सिम्रुतु र वडा नम्बर ३, ४ र ६ को वडा नम्बर ६ भुल्नेटामा कार्यक्रमको आयोजना गरिएको त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीले जानकारी दिनुभयो । सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयले भूकम्प गएको झण्डै १० महिना पुगिसक्दा पनि दोस्रो किस्ता पाउन नसकेको, एक घर...
त्रिवेणी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा

त्रिवेणी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा

अपडेट, मुख्य खबर १, स्थानीय
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । गाउपालिका भित्रका दश वटै वडामा घरधुरी सर्वेक्षण कार्यक्रम सञ्चालन गरि बालबालिकाले खोप लगाएको नलगाएको प्रमाणीकरण गरि पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेम बहादुर पुनले जानकारि दिनुभयो । पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्नको लागी प्रमानित पत्र जिल्ला स्वास्थ्य कार्यालय प्रमुख तथा जिल्लास्तरीय खोप समन्वय समितिका सदस्य सचिव डाक्टर सुसिल पोख्रेलले पठाएको पत्रको आधारमा पालिकालाई गाउँपालिका अध्यक्ष गणेश कुमार केसिले पूर्ण खोप सुनिश्चित पालिका घोषणा गर्नुभएको हो । घरधुरी सर्वेक्षणमा शून्य डोज खोप लगाएका बालबालिका शून्य रहेको र आंशिक खोप लगाएका बालबालिका शुन्यनै रहेका छन् । बालबालिकालाई पालिका गाउँघर क्लिनिक,खोप केन्द्र, सामुदायिक स्वास्थ्य इकाइ र स्वास्थ्...
त्रिवेणी गाउँपालीकामा निशुल्क आँखा उपचार तथा चस्मा वितरण शिविर सुरु

त्रिवेणी गाउँपालीकामा निशुल्क आँखा उपचार तथा चस्मा वितरण शिविर सुरु

अपडेट, मुख्य खबर १, मुख्य खबर २, स्थानीय
त्रिवेणी गाउँपालीकामा निशुल्क आँखा उपचार तथा चस्मा वितरण शिविर सुरु भएको छ । सोमबार आज बिहान त्रिवेणी गाउँपालीका अध्यक्ष गणेश कुमार केसिले शिविरको उद्घाटन गर्नुभयो । त्रिवेणी गाउँपालीका भित्रका २५ बर्ष भन्दा माथिका मानिसहरुलाई लक्षित गरि शिविरको आयोजना गरिएको किवानिज कलव अफ खारा रुकुम पश्चिम नेपालका अध्यक्ष बिर बहादुर ओलीले जानकारि दिनुभयो । किवानिज इन्टरनेस्नल ट्रष्टि मोहन लम्सालको पहलमा हेल्पिङ् हेन्ड हस्पिटल काठमान्डौंको चस्मा सहयोग त्रिवेणी गाउँपालीका स्वस्थय शाखाको आर्थिक तथा प्राविधिक सहयोगमा शिविरको आयोजना गरिएको अध्यक्ष ओलीले बताउनुभयो । उद्घाटन कार्यक्रम किवानिज कलवका अध्यक्ष बिर बहादुर अाेलीकाे अध्यक्षता  तथा  गाउँपालिका अध्यक्ष गणेश कुमार केसिकाे प्रमुख अातित्थ्यता  उपाध्यक्ष राजकुमारि रेउले , प्रमुख प्रशासकीय अधिकृत प्रम बहादुर घर्ति, वडा नम्बर ३ का वडा अध्यक्ष दिपेन्द्र क...
राष्ट्रिय स्वतन्त्र पार्टि रुकुम पश्चिमले  स्थापनादिवसको अवसरमा १५ सय फलफूलका विरुवाहरु निसुल्क वितरण

राष्ट्रिय स्वतन्त्र पार्टि रुकुम पश्चिमले स्थापनादिवसको अवसरमा १५ सय फलफूलका विरुवाहरु निसुल्क वितरण

अपडेट, मुख्य खबर १, स्थानीय
राष्ट्रिय स्वतन्त्र पार्टि रुकुम पश्चिमले स्थापनादिवसको अवसरमा चौरजहारी नगरपालिका ८ का बिभिन्न टोलहरुमा कागति तथा अमिलाका बिरुवा निसुल्क वितरण गरिएको छ । पार्टि स्थापना भएको दुई बर्ष पुरा भएको अवसरमा नगरपालिकाको ८ नम्बर वडाका विभिन्न टोलहरु बसिगाउँ , टाकुरा, लयाटा,गोहिरिमा १५ सय बिरुवाहरु २ सय घरपरिवारलाई वितरण गरिएको पार्टिका रुकुम पश्चिम जिल्ला संयोजक मान बहादुर शाहीले जानकारि दिनुभयो । नगरपालिकाको ८ नम्बर वडामा कागतिका १ हजार २ सय ५० र अमिलाका २ सय ५० विरुवाहरु वितरण गरिएको संयोजक शाहीले जानकारि दिनुभयो । नगरपालिकाको ८ नम्बर वडामा कागति र अमिला राम्रो उत्पादन हुने भएकाले कृषकलाई फलफूलमा आत्मनीर्भर बनाउने उदेश्यका साथ बिरुवाहरु वितरण गरिएको हो । विरुवा वितरण कार्यक्रममा पार्टिका कर्णाली प्रदेश सचिवालय सदस्य पुस्तक चन्द , जिल्ला संयोजक मान बहादुर शाही ,वडा अध्यक्ष , जिल्ला कमीटि सद...
त्रिवेणी गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ कालागी  ५८ करोड बढीको बजेट ल्यायो

त्रिवेणी गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ कालागी ५८ करोड बढीको बजेट ल्यायो

अपडेट, अर्थ, मुख्य खबर १, मुख्य खबर २, स्थानीय
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को बजेट लाएको छ । ११ औं गाउँ सभामा शुक्रबार गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउलेले ५८ करोड २३ लाख १३ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नुभयो । कुल विनियोजन बजेट मध्ये चालुतर्फ ३७ करोड १४ लाख १३ हजार अर्थात ६८.६८ प्रतिशत बजेट विनियोजन गर्नुभएको हो ।त्यस्तै पुँजीगततर्फ २१ करोड ६ लाख अर्थात ३६.३२ प्रतिशत बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोत मध्य आन्तरिक राजस्वबाट १ करोड, संघीय सरकार वित्तीय समानिकरणबाट ८ करोड ८८ लाख, संघीय सशर्तबाट २६ करोड ८८ लाख रुपैया प्राप्त भएको छ । त्यस्तै संघीय विशेषतर्फ २ करोड ५० लाख, संघीय सरकार राजस्व बाँडफाँडबाट ८ करोड ३८ लाख, कर्णाली प्रदेश सरकार वित्तीय समानिकरणबाट ९३ लाख ३३ हजार, प्रदेश सरकार सशर्त अनुदान ५ करोड २ लाख ८३ हजार, प्रदेश सरकार समपुरक २ करोड २५...
त्रिवेणी गाउँपालिका वडा नम्बर १० काे बालबाेध आ विकाे भवनमा हावाहुरीले उडाउदा ५ लाख बराबरकाे क्षेति

त्रिवेणी गाउँपालिका वडा नम्बर १० काे बालबाेध आ विकाे भवनमा हावाहुरीले उडाउदा ५ लाख बराबरकाे क्षेति

अपडेट, मुख्य खबर १, स्थानीय
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर १० मा हावाहुरीले एक विद्यालयमा क्षेति पुर्याएको छ । शनिवार साँझ आएको हावाहुरीले वडा नम्बर १० भुम्केमा रहेको बालबोध आधारभूत विद्यालयमा क्षती पुर्याएको १० नम्बर वडा अध्यक्ष शेरमान खड्काले जानकारी दिनुभयो ।   उहाँका अनुसार १० नम्बर वडाको भुम्केको कक्षा ८ सम्म सञ्चालनमा रहेको बालबोध आधारभूत विद्यालयको आठ कोठे कच्ची भवनको जस्तापाता हावाहुरीले उडाएको छ । विद्यालय भवन अगाडीको जस्तापाता भवनको पछाडि पुर्याएको उहाँले जानकारी दिनुभयो । हावाहुरीले विद्यालयमा ४ लाख ५० हजार बराबरको क्षती पुर्याएको छ । हावाहुरीले विद्यालयको भवनमा क्षेति पुगेपछी पठनपाठनमा समस्या निम्तीयको अध्यक्ष खड्काले जानकारि दिनुभयो ।...
आधारभुत तथा माध्यामिक तहका विषयगत शिक्षकहरुको थप क्षमता अभिवृद्धि तालिम सम्पन्न

आधारभुत तथा माध्यामिक तहका विषयगत शिक्षकहरुको थप क्षमता अभिवृद्धि तालिम सम्पन्न

अपडेट, मुख्य खबर १, स्थानीय
राेल्पाकाे  गंगादेव गाउँपालिकामा आधारभुत तथा माध्यामिक तहका विज्ञान, गणित र अंग्रेजी विषयका शिक्षकहरुको थप क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ। गंगादेव गाउँपालिका शिक्षा यूवा तथा खेलकुद शाखाको आयोजनामा विषयगत शिक्षण तथा पाठ्यक्रम प्रवद्धन कार्यक्रम अन्तर्गत उक्त तालिमको आयोजना गरिएको हो।गंगादेव गाउँपालिका भित्रका सम्पुर्ण आधारभुत तथा माद्यामिक तहका विषयगत शाखाका शिक्षकहरुको सहभागिता रहेको थियो। गंगादेव गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओलीको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथिमा गंगादेव गाउँपालिकाका अध्यक्ष हरिबहादुर पुन रहनु भएको थियो भने विशिष्ट अतिथिमा गाउँपालिका उपाध्यक्ष अमृता कुमारी केसी रहनु भएको थियो। आजको तालिमको प्रशिक्षण प्रशिक्षक उत्तम कुमार खनाल, हेमन्त बस्नेत, अनिल रजौरे, मनिराम शर्मा लगाएतले आ-आफ्ना विषयका शिक्षकहरुलाई प्रशिक्षण दिनु...
धार्मिक तथा पर्यटकिय श्रेत्रको सुकिदह बराहथाममा पुजापाठ तथा मेला सम्पन्न

धार्मिक तथा पर्यटकिय श्रेत्रको सुकिदह बराहथाममा पुजापाठ तथा मेला सम्पन्न

अपडेट, मुख्य खबर १, स्थानीय
रुकुम पश्चिमको त्रिवेणी गाउपालिका ३ को सुकिदह स्थित बराहथाम मन्दिरमा पुजापाठ तथा मेला सम्पन्न भएको छ । प्रत्यक बर्षको दुईपटक पुजापाठ तथा मेला लाग्ने सुकिदह स्थित ब्राहाथाममा बर्षको जेठ महिनामा पर्ने पुर्णिमा र भादौ महिनामा पर्ने पुर्निमाको दिन मन्दिरमा पुजापाठका साथै बलि दिईनुका साथै मेला लाग्ने गर्दछ। ब्राहथाम मन्दिरमा पुजापाठ तथा बलिचढाउनाले अन्न ब्रदान , धन ब्रदान तथा पुत्र बणरदान र मनले चाहेका अन्य मनोकाङ्क्षाहरु पुराहुने जनविश्वास रहेको मुल मन्दिरका पुजारि जयराम ओलीले जानकारि दिनुभयो । सुकिदह परिसरमा मुख्य मन्दिर सहित अन्य ३ ओटा मन्दिरमा पुजापठ तथा बलि चढाईने गर्दछ। यो बर्षको जेठ पुर्णिमामा मेला पनि भव्यताका सम्पन्न भएको छ । यो सिजनमा ५४ ओटा भेडा तथा साँडाहरुको बलि दिईएको मन्दिर व्यवस्थापन समिति अध्यक्ष सेर बहादुर ओलीले जानकारि दिनुभयो। बलि चढाईएका साँडा तथा भेडाका टा...
माओबादी केन्द्र त्रिवेणी ६ को तेश्रो अधिबेशन सम्पन्न

माओबादी केन्द्र त्रिवेणी ६ को तेश्रो अधिबेशन सम्पन्न

मुख्य खबर १, स्थानीय
नेपाल कम्न्युष्ट पार्टी माओबादी केन्द्र त्रिवेणी गाउंपालिका ६ नंम्बर वडा कमिटीको तेश्रो अधिबेशन सम्पन्न भएकोछ । मंगलबार त्रिवेणी गाउंपालिका ६ को घोरेढुङ्गा मा आयोजित तेश्रो अधिबेशनबाट दिपेश कुमार घर्तीको अध्यक्षतामा एक उपाध्यक्ष र चार सदस्य पछि थप गर्ने गरी पच्चिस सदस्य नयाँ कार्य समिति चयन गरिएको हो । नब गठित कार्यसमितिको सचिवमा तारा ओली पुन, कोषाध्यक्षमा बिमला बिक र सह - सचिबमा लक्ष्मण सिर्पाली चयन भएको अधिबेशन निर्वाचन उपसमिति सयोँजक निर्मला विष्ट खड्काले जानकारी दिनुभयो । निबर्तमान वडा कमिटी अध्यक्ष मनबहादुर गिरिको अध्यक्षतामा संञ्चालित अधिबेशन कार्यक्रममा ने.क.पा. माओवादी केन्द्र कर्णाली प्रदेश समिति सदस्य गनेश कुमार के.सी. को प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यकरममा माओबादी केन्द्रका कर्णाली प्रदेश समिति सदस्य नरसिंह पुन, त्रिवेणी गाउँ कमिटी कोषाध्यक्ष राजेन्द्र पुन, गाँ...
बुवाको स्मृतीको अवसरपारि विद्यालयमा रु एक लाखबढीको अक्षकोष स्थापना

बुवाको स्मृतीको अवसरपारि विद्यालयमा रु एक लाखबढीको अक्षकोष स्थापना

अपडेट, मुख्य खबर १, स्थानीय
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ७ मा रहेको बालकल्यान आधारभूत विद्यालय लाछिकोटमा एक लाख एक हजार १११ रुपयाँको अक्षयकोष स्थापना गरिएको छ । स्थानीय दशरथ खड्काको ११ वर्षे पूण्यतिथिको अवसरमा “ दशरथ खड्काका स्मृति अक्षयकोष“ स्थापना गरिएको हो । उहाँको ११ वर्ष पहिले निधन भएको थियो । अक्षकोषको स्थापना उहाँका कान्छाछोरा गोविन्दराज खड्काले गर्नुभएको हो । उहाँ अहिले अमेरिकामा हुनुहन्छ । स्वर्गिय बुवाको स्मृतिमा कान्छा छोरा खड्काको तर्फबाट विद्यालयमा अक्षयकोष खडा गरिएको विध्यालयका प्र अ टिकाराम खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार गोविन्दराजले अक्षाराम्भ गरेको विद्यालयमा बुवाको नाममा अक्षयकोष स्थापना गर्नुभएको हो , विध्यालयमा अन्य व्याक्तिले पनि अक्षयकोषको स्थापना गर्नु भएको छ । बुवाले दिनुभएको शिक्षा, संस्कारले आफू यस स्थानमा उभिन पाएकोले कान्छा छोराको तर्फबाट ११ वर्षको पूण्यतिथीको अ...