लेख रचना

बासी पाइयो ताजा खाइयो,,

बासी पाइयो ताजा खाइयो,,

लेख रचना
पश्चिमको तयारीले पूर्वको यात्रा गर्दा कति आनन्दायी हुँदो रहेछ । ओझेलमा परेको रमणीय वस्ति आज होइन हिजो अस्ति चुम्ने अवसर पाइयो । माघी सक्रान्तिको साक्कै भोलिपल्ट हाम्रो भ्रमण स्थल पश्चिमको अग्लो चूलीमा पुग्ने तय गरेका थियौं । वातावरणीय प्रतिकूलताको कारण हाम्रो यात्राको साइतले दिशा बदल्न पुग्यो । बिना योजना हामी पूर्वतिर मोडियौं । “सर, म त निस्कि जो हाले ।” भण्डारीजीको मोबाइलले कानैमा सनेस पु¥यायो । “हजुर सर आउनुहोस् । सेरीगाउँमा हामी भेटौला ।” मैले पनि हामी भेटिने सम्पर्क स्थलको निजो सनेस पु¥याउन मोबाइललाई नै हुलाके बनाएँ । “एऽ लऽऽ” भन्दै उहाँले कुराको बिट मार्नुभयो । “हजुरका साथी बाटो लागिसक्दा तपाइँ किन आत्तिनु हुन्न बाबा ? यि खाना खानुहोस् । अनि हिडिहाल्नुहोस् । अइल समयमा गए पो पछि समयमै फर्किन सजिलो हुन्छ ।” कम्प्यूटरतिर एकोहोरिएका मेरो नजरलाई पुत्रको उपदेशले क्रम भङ्गतामा पु¥य...