त्रिवेणीमा आधाभूत तह (कक्षा ८) परीक्षाको नतिजा कमजोर, ५६ प्रतिशत विद्यार्थी मात्र उतिर्ण

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले सञ्चालन गरेको गाउँपालिका स्तरिय आधाभुत तह परीक्षामा ५६ शलमलव ०७ प्रतिशत अर्थात ३ सय जना विद्यार्थी उर्तिण भएका छन् । ५ सय ३५ जना विद्यार्थी सहभागि भएको पालिका स्तरिय कक्षा ८ को परीक्षामा ५६ शलमलव ०७ प्रतिशत अर्थात ३ सय जना विद्यार्थी मात्र उर्तिण भएका हुन् । जसमा २४ दशमलव ६७ प्रतिशत अर्थात १ सय ३२ विद्यार्थी मौका परिक्षा दिने अवसर पाएका छन् । परीक्षामा सहभागि मध्ये १९ दशमलव २५ प्रतिशत अर्थात १ सय ३ जना विद्यार्थी भने नन ग्रेड अर्थात अनुर्तिण भएको त्रिवेणी गाउँपालिका शिक्षा खेदकुद तथा युवा शाखा प्रमुख सुरेश पुनले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार परीक्षामा ३७ जना विद्यार्थी उनुपस्थित थिए । पालिकामा रहेका आधारभूत विद्यालय तथा माद्यामिक विद्यायलबाट गरी जम्मा २० वटा विद्यालयबाट परिक्षार्थी सहभागि भएका थिए । शिक्षा खेदकुद तथा युवा शाखाले सार्वजजिक गरेको परीक्षाको नतिजा हेर्दा विद्यालयको अवस्था कमजोर देखिएको छ । परिक्षामा सहभागि भएका विद्यार्थीको अनुपात हेर्दा सबैभन्दा कमजोर साधारण माद्यामिक विद्यालय मुरुडाँडामा देखिएको छ । जसमा २० विद्यार्थीमा ४ जना मात्रै विद्यार्थी उतिर्ण भएका छन् ।

 

त्यस्तै अन्धनाशक माद्यामिक विद्यालय खुम्चेरीबाट ३१ विद्यार्थीमा ७ जना, भिमकल्याण आधारभुत विद्यालय बाँठाकोटबाट १७ विद्यार्थीमा ४ जना, जनशक्ति मावि विताडाँडाबाट २८ विद्यार्थीमा ७ जना, बालकल्याण आवि लाछिकोटबाट २२ विद्यार्थीमा ७ जना, युवा जनजागरण आवि खारा कुरलबाट १२ विद्यार्थीमा ५ जना, सुभप्रभात आवि पेउघाडाँडामा १५ विद्यार्थीमा ६ जना विद्यार्थी उनिर्ण भएको शिक्षा युवा तथा खेदकुद शाखा प्रमुख पुनले जानकारी दिनुयभो ।

 

२० वटा विद्यालय मध्ये १२ वटा विद्यायलको नतिजा ५० प्रतिशत भन्दा बढी आएको छ । पालिका स्तरिय आधाभूत तह परीक्षामा सबैभन्दा राम्रो नतिजा विद्या विकास माद्यामिक विद्यालय जिवाङले ल्याएको छ । उक्त विद्यालयले ९१ दशमलव ६६ प्रतिशत ल्याएर पालिकाकै पहिलो विद्यालय बनेको छ । यहाँबाट २४ जना विद्यार्थी परीक्षामा सहभागि भएकामा २२ जना विद्यार्थी उतिर्ण भएका छन् । त्यस्तै ७३ दशमलव ०७ प्रतिशत अर्थात २६ विद्यार्थीमा १९ विद्यार्थी उतिर्ण हुँदै बालकल्याण मावि टोट्के दोस्रो, ७३ प्रतिशत अर्थात १६ विद्यार्थीमा १२ विद्यार्थी उतिर्ण हुँदै जनस्थापना आवि लाइत राम्रो नतिजा प्राप्त गर्नेमा तेस्रो विद्यालय बनेको छ ।

यस वर्ष ८ वटा विद्यालयको नतिजा भने निकै कमजोर देखिएको युवा तथा खेदकुद शाखा त्रिवेणीले जनाएको छ । चैत २ गतेदेखि ९ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा शाखाले शुक्रबार प्रकाशन गरेको थियो । दुई विषयमा नन ग्रेड ल्याएका विद्यार्थीहरुका लागि मौका परीक्षा(पुरक) आगामि वैशाख १४ र १५ गते तोकिएको छ ।