त्रिवेणी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । गाउपालिका भित्रका दश वटै वडामा घरधुरी सर्वेक्षण कार्यक्रम सञ्चालन गरि बालबालिकाले खोप लगाएको नलगाएको प्रमाणीकरण गरि पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेम बहादुर पुनले जानकारि दिनुभयो ।

पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्नको लागी प्रमानित पत्र जिल्ला स्वास्थ्य कार्यालय प्रमुख तथा जिल्लास्तरीय खोप समन्वय समितिका सदस्य सचिव डाक्टर सुसिल पोख्रेलले पठाएको पत्रको आधारमा पालिकालाई गाउँपालिका अध्यक्ष गणेश कुमार केसिले पूर्ण खोप सुनिश्चित पालिका घोषणा गर्नुभएको हो । घरधुरी सर्वेक्षणमा शून्य डोज खोप लगाएका बालबालिका शून्य रहेको र आंशिक खोप लगाएका बालबालिका शुन्यनै रहेका छन् । बालबालिकालाई पालिका गाउँघर क्लिनिक,खोप केन्द्र, सामुदायिक स्वास्थ्य इकाइ र स्वास्थ्य चौकीमा खोप लगाइएको थियो ।

पूर्ण खोप सुनिश्चित पालिका घोषण कार्यक्रममा गाउँपालिका अध्यक्ष गणेश कुमार केसिको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य गिता नेपालीको प्रमुख उपस्थिति रहेको थियो । त्यस्तै गाउपालिका उपाध्यक्ष राजकुमारि रेउले , प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर घर्ति , वडा अध्यक्ष हरु विभिन्ना स्वस्थ्य चौकी प्रमुख , स्वयम सेविका , आमासमुह स्थानीयवासि लगायतको उपस्थिति रहेको थियो । पुर्ण खोप शुनिश्चितता घोषणा तथा दिगोपनाको पत्रमा सामुहिक हस्ताक्षर पनि गरिएको छ । कार्यक्रममा गाउँपालिका स्वास्थ्य शाखामा भएको खोपको प्रगति विवरण र रिपोर्ट शाखा संयोजक प्रेम बहादुर पुनले राख्नुभएको थियो, भने कार्यक्रमको सहजिकरण शाखाका सहसंयोजक बिर बहादुर डाँगीले गर्नु भएको थियो ।