प्रेम संगमको गित ‘तिमी त दुश्मन’ सार्वजानिक (भिडिओ सहित)


रुकुम पश्चिमको चौरजहारिका प्रेम संगम (प्रेमबहादुर घर्ती)को   गित ‘तिमी त दुश्मन’ सार्वजनिक भएको छ । प्रेम संगमको शब्द सृजना र समिक्षा अधिकारिको स्वरमा रहेको छ । संगीत संयोजन राजकुमार बगरको रहेको  गित ‘तिमी त दुश्मन’ शुक्रबार सार्वजनिक भएको हो ।

गितमा प्रेम र धोका कस्तो हुन्छ भन्ने कथा बस्तु समेटियको संगमले बताउनुभयो ।
विभिन्न कारणले प्रेम सम्बन्धमा आउने उतार चढावलाई गितमा देखाइएको छ ।

“तिमी त दुश्मन बनेर गयौ
मेरो माया झुटो हो भनेर गयौ”

गित एभरेस्ट ग्यालरि युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । गितमा सनम कठायत , अनिता घर्ति र सपना क्षेत्रीको लगायत फिचर्ड भएका छन् ।