रुकुम महोत्सवमा आज नायक पल शाहको प्रस्तुति रहने ,,

रुकुम पश्चिम महोत्सव सातौँ दिन आज पनि जारी रहने छ । महोत्सवमा आज चर्चित नायक तथा मोडल पल शाह आउने सह आयोजक कला संस्कृति, पर्यटन प्रवर्द्धन मञ्चका अध्यक्ष डिल्ली परियारले जानकारी दिनुभयो । पल दोस्रो पटक रुकुम पश्चिम आउन लाग्नुभएको हो । जबरजस्ती करणीको मुद्दामा एक वर्ष जेल बसेका पल सफाइ पाएपछि सार्वजनिक कार्यक्रममा सहभागी हुने क्रममा पहिलो पटक रुकुम पश्चिम पुग्नुभएको थियो । उहाँको यो जेल जीवन पछिको पहिलो सार्वजनिक कार्यक्रम थियो ।

 

पल हेलिकोप्टर मार्फत रुकुम आउने बताइएको छ । रुकुमका विभिन्न पर्यटकीय स्थानको अवलोकन गर्दै पल महोत्सव स्थलमा पुग्ने अध्यक्ष परियारले बताउनुभयो । महोत्सव आयोजकले भोली महोत्सव अवलोकनका लागि आउन सबैलाई आग्रह गरेको छ । पल सहित अन्य कलाकारको समेत महोत्सवमा प्रस्तुति रहने अध्यक्ष परियारले बताउनुभयो ।

 

महोत्सव फागुन २८ गतेसम्म सञ्चालन हुने छ । महोत्सवमा चर्चित नायक तथा मोडल पल शाह सहित चर्चित हास्य कलाकार धुर्मुस–सुन्तली लगायतका कलाकार आउने आयोजकले जनाएको छ । रुकुम उद्योग वाणिज्य सङ्घको आयोजना र कला, संस्कृति, पर्यटन प्रवर्द्धन मञ्च रुकुम पश्चिमको सह आयोजनामा शुक्रवार देखि महोत्सव सुरु भएको हो ।