त्रिवेणी गाउँपालिका वडा नम्बर १० काे बालबाेध आ विकाे भवनमा हावाहुरीले उडाउदा ५ लाख बराबरकाे क्षेति

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर १० मा हावाहुरीले एक विद्यालयमा क्षेति पुर्याएको छ । शनिवार साँझ आएको हावाहुरीले वडा नम्बर १० भुम्केमा रहेको बालबोध आधारभूत विद्यालयमा क्षती पुर्याएको १० नम्बर वडा अध्यक्ष शेरमान खड्काले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार १० नम्बर वडाको भुम्केको कक्षा ८ सम्म सञ्चालनमा रहेको बालबोध आधारभूत विद्यालयको आठ कोठे कच्ची भवनको जस्तापाता हावाहुरीले उडाएको छ । विद्यालय भवन अगाडीको जस्तापाता भवनको पछाडि पुर्याएको उहाँले जानकारी दिनुभयो । हावाहुरीले विद्यालयमा ४ लाख ५० हजार बराबरको क्षती पुर्याएको छ । हावाहुरीले विद्यालयको भवनमा क्षेति पुगेपछी पठनपाठनमा समस्या निम्तीयको अध्यक्ष खड्काले जानकारि दिनुभयो ।