धार्मिक तथा पर्यटकिय श्रेत्रको सुकिदह बराहथाममा पुजापाठ तथा मेला सम्पन्न

रुकुम पश्चिमको त्रिवेणी गाउपालिका ३ को सुकिदह स्थित बराहथाम मन्दिरमा पुजापाठ तथा मेला सम्पन्न भएको छ ।

प्रत्यक बर्षको दुईपटक पुजापाठ तथा मेला लाग्ने सुकिदह स्थित ब्राहाथाममा बर्षको जेठ महिनामा पर्ने पुर्णिमा र भादौ महिनामा पर्ने पुर्निमाको दिन मन्दिरमा पुजापाठका साथै बलि दिईनुका साथै मेला लाग्ने गर्दछ।

ब्राहथाम मन्दिरमा पुजापाठ तथा बलिचढाउनाले अन्न ब्रदान , धन ब्रदान तथा पुत्र बणरदान र मनले चाहेका अन्य मनोकाङ्क्षाहरु पुराहुने जनविश्वास रहेको मुल मन्दिरका पुजारि जयराम ओलीले जानकारि दिनुभयो । सुकिदह परिसरमा मुख्य मन्दिर सहित अन्य ३ ओटा मन्दिरमा पुजापठ तथा बलि चढाईने गर्दछ।

यो बर्षको जेठ पुर्णिमामा मेला पनि भव्यताका सम्पन्न भएको छ । यो सिजनमा ५४ ओटा भेडा तथा साँडाहरुको बलि दिईएको मन्दिर व्यवस्थापन समिति अध्यक्ष सेर बहादुर ओलीले जानकारि दिनुभयो। बलि चढाईएका साँडा तथा भेडाका टाउकाहरु बिक्रि गर्ने गरिन्छ ,यो सिजनमा टाउका बिक्रिबाट २० हजार बराबर आम्दानी भएको ओलीले जानकारि दिनुभयो । अहिले सम्म टाउका बिक्रबाट उठेको रकम त्रिवेणी ३ मा रहेको युवाजनजागरण मावि झुल्नेटालाई दिईदै आएको अध्यक्ष ओलीको भनाई छ । मन्दिर परिसर अव्यवस्थित भएकाकारण व्यवस्थापन गर्नु पर्ने भएकाले वडा तथा पालिकालाई व्यावस्थापनमा आवश्यक बजेट व्यवस्थापन गरिदिन मन्दिर व्यवस्थापन समितिले आग्रह समेत गरेको छ।