बुवाको स्मृतीको अवसरपारि विद्यालयमा रु एक लाखबढीको अक्षकोष स्थापना

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ७ मा रहेको बालकल्यान आधारभूत विद्यालय लाछिकोटमा एक लाख एक हजार १११ रुपयाँको अक्षयकोष स्थापना गरिएको छ ।

स्थानीय दशरथ खड्काको ११ वर्षे पूण्यतिथिको अवसरमा “ दशरथ खड्काका स्मृति अक्षयकोष“ स्थापना गरिएको हो । उहाँको ११ वर्ष पहिले निधन भएको थियो । अक्षकोषको स्थापना उहाँका कान्छाछोरा गोविन्दराज खड्काले गर्नुभएको हो । उहाँ अहिले अमेरिकामा हुनुहन्छ ।

स्वर्गिय बुवाको स्मृतिमा कान्छा छोरा खड्काको तर्फबाट विद्यालयमा अक्षयकोष खडा गरिएको विध्यालयका प्र अ टिकाराम खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार गोविन्दराजले अक्षाराम्भ गरेको विद्यालयमा बुवाको नाममा अक्षयकोष स्थापना गर्नुभएको हो , विध्यालयमा अन्य व्याक्तिले पनि अक्षयकोषको स्थापना गर्नु भएको छ ।

बुवाले दिनुभएको शिक्षा, संस्कारले आफू यस स्थानमा उभिन पाएकोले कान्छा छोराको तर्फबाट ११ वर्षको पूण्यतिथीको अवसरमा अक्षयकोष स्थापना गरिएको कान्छा छोरा खड्काले बताउनुभयो ।

सोमबार एक कार्यक्रमका बिच विद्यालयका प्रधानाध्यापक टिकाराम खड्का र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलाराम ओलीलाई एक लाख एक हजार १११ रुपियाँको चेक हस्तान्तरण गरिएको हो । साथै उक्त कार्यक्रममा ११ हजार ७ सय बराबरका बिभिन्न स्टेस्नरि सामानहरु पनी वितरण गरिएको थियो । विध्यालय व्यावस्थापन समिति अध्यक्ष तुलाराम ओलीको अध्यक्षतामा सुरुभएको कार्यक्रममा ७ न वडा अध्यक्ष धन बहादुर खड्काको प्रमुख आतिथ्यता रहेको थियो भने अन्य स्थानीयहरुको उपस्थीति रहेको थियो ।

विद्यालयका प्रधानाध्यापक खड्काले दशरथ खड्काका स्मृति अक्षयकोषमा प्राप्त उक्त रकमको ब्याजबाट विद्यालयमा अध्ययनरत गरिव, जेहन्दार तथा दलित बिद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरिने बताउनुभयो । प्रधानाध्यापक खड्काले यस्तो पूण्य कार्य तथा सामाजिक योगदानको लागि स्वर्गिय बुवाको छोरालाई धन्यबाद व्यक्त गर्नुभएको हो ।