माओबादी केन्द्र त्रिवेणी ६ को तेश्रो अधिबेशन सम्पन्न


नेपाल कम्न्युष्ट पार्टी माओबादी केन्द्र त्रिवेणी गाउंपालिका ६ नंम्बर वडा कमिटीको तेश्रो अधिबेशन सम्पन्न भएकोछ । मंगलबार त्रिवेणी गाउंपालिका ६ को घोरेढुङ्गा मा आयोजित तेश्रो अधिबेशनबाट दिपेश कुमार घर्तीको अध्यक्षतामा एक उपाध्यक्ष र चार सदस्य पछि थप गर्ने गरी पच्चिस सदस्य नयाँ कार्य समिति चयन गरिएको हो ।

नब गठित कार्यसमितिको सचिवमा तारा ओली पुन, कोषाध्यक्षमा बिमला बिक र सह – सचिबमा लक्ष्मण सिर्पाली चयन भएको अधिबेशन निर्वाचन उपसमिति सयोँजक निर्मला विष्ट खड्काले जानकारी दिनुभयो । निबर्तमान वडा कमिटी अध्यक्ष मनबहादुर गिरिको अध्यक्षतामा संञ्चालित अधिबेशन कार्यक्रममा ने.क.पा. माओवादी केन्द्र कर्णाली प्रदेश समिति सदस्य गनेश कुमार के.सी. को प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यकरममा माओबादी केन्द्रका कर्णाली प्रदेश समिति सदस्य नरसिंह पुन, त्रिवेणी गाउँ कमिटी कोषाध्यक्ष राजेन्द्र पुन, गाँउ कमिटी सदस्यहरु भद्र बहादुर सिर्पाली, अमर बहादुर खड्का, गँगा बि.क. र बिनोद कुमार ओली लगायतको उपस्थिति रहेको बताइएकोछ ।

माओवादी केन्द्र को बिधान अधिबेशन पस्च्यात केन्द्रीय समितिको निर्नय अनुसार वडा कमिटिको पदावधी एक बर्ष मात्र रहने ब्यबस्था रहेको, संशोधित बिधान अनुसार प्रतेक एक- एक बर्ष मा अधिबेशन द्वारा नयाँ कार्यसमिति चयन गर्ने, देशैभर जेठ १ गत्ते देखि १५ गत्ते सम्म वडा अधिबेशनको आयोजना गरि नयाँ कार्यसमिति चयन कार्य सम्पन्न गर्ने निर्नय तथा सर्कुलर अनुसार माओवादी केन्द्रका वडा कमिटिका अधिबेशनहरु आयोजना भैइरहेको माओदी केन्द्रले जनाएकोछ