स्थानीय

त्रिवेणीकाे सिम्रुतुमा विविध खेलकुद प्रतियोगिता हुने

त्रिवेणीकाे सिम्रुतुमा विविध खेलकुद प्रतियोगिता हुने

अपडेट, खेलकुद, मुख्य खबर १, स्थानीय
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर २ सिम्रुतुमा छैटौं मयूर कप सञ्चालन हुने भएको छ । मयूर युवा क्लवको १८ औं वार्षिक उत्सवको अवसरमा क्लवले विविध खेलकुद प्रतियोगिता सञ्चालन गर्न लागेको हो । मयूर कप आगामि चैत २९ गतेदेखि वैशाख २ गतेसम्म सञ्चालन हुने क्लवका सचिव सोमपाल कामीले जानकारी दिनुभयो । उहाँका अनुसार वार्षिक उत्सवको अवसरमा खुल्ला शुद्ध वडा स्तरिय पुरुष भलिवल, व्याटमिन्टन, हाजिरी जवाफ, एकल नृत्य, सफफुट, र भाले तान्ने प्रतियोगिता सञ्चालन हुनेछन् । पुरुष भलिवल प्रतियोगितामा प्रथम हुने समुहले १ लाख नगद सहित कप मेडल र प्रमामपत्र प्राप्त गर्ने छ । दोस्रो स्थान प्राप्त गर्ने समुहले ६० हजार नगद सहित कप मेडल र प्रमामपत्र प्राप्त गर्दा तेस्रो र सान्तवना हुने समुहले समान २५/ २५ हजार नगद सहित मेडल प्रमाणपत्र प्राप्त गर्ने छ । दर्ता शुल्क १० हजार रहेको छ । त्यस्तै ब्याटमिन्टन प्रति...
समाजवादी मोर्चाले पितिवाँङ् खोला पुलको काम तत्काल थाल्न माग गर्दै प्रशासन अगाडि धर्ना

समाजवादी मोर्चाले पितिवाँङ् खोला पुलको काम तत्काल थाल्न माग गर्दै प्रशासन अगाडि धर्ना

अपडेट, मुख्य खबर १, मुख्य खबर २, स्थानीय
समाजवादी मोर्चा नेपाल, रुकुम पश्चिमले पितिवाङ पुल निर्माणको लागि दबाबस्वरुप आज जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा धर्ना दिएको छ । धर्नामा माेर्चाका जिल्ला नेताहरुसहित माेर्चा घटक राजैतिक दलका युवाहरु सहभागी थिए । धर्ना कार्यक्रमलाई संक्षिप्त संवाेधन गर्दै माओवादी केन्द्रका नेता देबिलाल गाैतम र एकीकृत समाजवादीका नेतृ देबि ओलीले अलपत्र पारिएकाे पुलकाे काम शुरु नभएसम्म संघर्ष जारी राख्न सुझाव दिनुभयाे । माेर्चाकाे कार्यक्रमप्रति रुकुम उद्याेग बाणिज्य संघले एेक्यवद्धता जनाएकाे छ । संघका अध्यक्ष पहल बहादुर खड्का र महासचिव अनिल बुढाले विज्ञप्ति निकालेर आन्दाेलनप्रति एेक्यवद्धता जनाउनुभएकाे छ । साथै उद्याेग बाणिज्य संघका पदाधिकारीहरु पनि धर्नामा सहभागी भएका थिए । मोर्चाले भाेलि शुक्रबार डिभिजन सडक कार्यालय चौरजहारीमा धर्ना दिने कार्यक्रम तय गरेको छ । विगत ४ वर्षदेखि अलपत्र पारिएको ...
नेपाल रेडक्रस सोसाइटी उपशाखा मुरू रुकुम पश्चिमको १६औँ साधारण सभा सम्पन्न

नेपाल रेडक्रस सोसाइटी उपशाखा मुरू रुकुम पश्चिमको १६औँ साधारण सभा सम्पन्न

मुख्य खबर २, स्थानीय
नेपाल रेडक्रस सोसाइटी उपशाखा मुरू रुकुम पश्चिमको १६औँ साधारण सभा तथा पाचौँ अधिबेशन सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा मुरु रुकुम पश्चिमको आयोजनामा बुधबार त्रिवेणी गाँउपालिका वडा नम्बर ७ को साधारण माध्यामिक विध्यालय मुरु डाँडामा अधिबेशन सम्पन्न भएको हो । नेपाल रेडक्रस सोसाइटी उपशाखा मुरु रुकुम पश्चिमको १६औँ साधारण सभा तथा पाचौँ अधिबेशनबाट निर्वाचित कार्यसमिती विगठन गरी ११ नयाँ कार्यसमिती चयन गरिएको छ । जसकाे सभापतिमा प्रेम बहादुर ओली ,उपसभापतिमा रत्न कुमारी बिष्ट ,सचिवमा पुर्णबिराम ओली , कोषाध्यक्ष्मा रण बहादुर डाँगी ,त्यस्तै सपना बिष्ट पुन सहसचिव , उपकोषाध्यक्ष कुबेर ओली, सदस्यहरु लुम्बिनी पुन , सृजना पुन ,सिता ओली , खिम बहादुर पुन , र छिमा पुन खड्का रहनुभएको छ । अधिबेशनबाट बिभिन्न निर्णयहरु पारित गरीएको नव निर्उवाचित उपशाखा सभापति प्रेम बहादुर ओलीले जानकारी दिनुभयो  । ...
पत्रकार महेस केसीद्वारा जन्मदिनको अवसरमा न्यानो कपडा वितरण

पत्रकार महेस केसीद्वारा जन्मदिनको अवसरमा न्यानो कपडा वितरण

मुख्य खबर १, स्थानीय
पत्रकार महेश केसीले जन्म दिनको अवसरमा वादी समुदायका घरपरिवारलाई कम्बल वितरण गर्नुभएको छ । उहाँले आफ्नो जन्म दिनको अवससरमा रुकुम पश्चिमको मुसीकोट नगरपालिका ४ सालघारीपाखाका ४ घर परिवारलाई कम्बल वितरण गर्नुभएको हो । प्रत्येक परिवारलाई १/१ वटाका दरले न्यानो कपडा कम्बल वितरण गरिएको पत्रकार केसीले बताउनुभयो ।  उहाँका अनुसार निम्न वर्गीय वादी समुदायका मानबहादुर वादी सहित चार घरपरिवारलाई कम्बल वितरण गरिएको हो । रुपान्तरण नेपाल रुकुम पश्चिमका अध्यक्ष मुकुन्द शर्माको सहयोग तथा आफ्नो जन्म दिनको उपलक्ष्यमा करिव १० हजार बराबरको कम्बल सहयोग गरिएको केसीले बताउनुभयो ।  जन्म दिनको अवसरमा फजुल खर्च गर्नुभन्दा थोरै भएपनि सामाजिक सेवा गर्ने उदेश्यले सहयोग गरिएको उहाँले बताउनुभयो । पत्रकार केसी विगत १ दशकदेखि रुकुमबाट सक्रिय रुपमा पत्रकारिता गर्दै आउनुभएको छ । रुकुम पुर्वको सिस्ने गाउँपालिका वडा नम्ब...
रुकुम पश्चिमको त्रिवेणी ५ मा सहिद परिवारका सदस्यलाई बोका वितरण

रुकुम पश्चिमको त्रिवेणी ५ मा सहिद परिवारका सदस्यलाई बोका वितरण

मुख्य खबर २, स्थानीय
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ५ मा रहेका सहिद परिवारका सदस्यलाई बोका वितरण गरिएको छ । वडा भित्र रहेका सहिद परिवारका ७ जना सदस्यलाई बोका वितरण गरिएको हो । पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमको बाख्रा मिसन कार्यक्रम अन्तर्गत वडामा रहेका सहिद परिवारका बाख्रा पालन गर्ने कृषकलाई १/ १ वटाका दरले जमुना पारी जातको बोका वितरण गरिएको वडा अध्यक्ष रणबहादुर पुनले जानकारी दिनुभयो ।  उहाँका अनुसार पशु अस्पताल तथा पशु सेवा कार्यालयको ७० प्रतिशत अनुदानमा कृषकले बोका पाएका हुन् । यसमा ३० प्रतिशत भने किसानको लगानी रहको छ । बोकासँगै बाख्राको लागि घाँस खुवाउन प्रयोग गरिने फलामको टाट्नो पनि कृषकले पाएका छन् । प्रत्येक बोकाको मुल्य ५० हजार रहेको अध्यक्ष पुनले जानकारी दिनुभयो । बाख्रा मिसन कार्यक्रममा पशु अस्पताल तथा पशु सेवा कार्यालयको ३ लाख र कृषकको १ लाख ३० गरेर जम्मा ४ लाख ३० ह...
प्रभु बैंकबाट करोडौ रकम हिनामिना गरेर फरार रहेका कर्मचारी पक्राउ

प्रभु बैंकबाट करोडौ रकम हिनामिना गरेर फरार रहेका कर्मचारी पक्राउ

अपडेट, मुख्य खबर १, मुख्य खबर २, स्थानीय
रुकुम पश्चिमको आठविसकोट नगरपालिका ९ राडिमा रहेको प्रभु बैंकबाट करोडौ रकम अपचलन गरेर फरार रहेका बैकका कर्मचारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले बैंकको अपरेशन ईन्चार्ज पदमा कार्यरत कर्मचारी निरज बिक्रम शाहलाई पक्राउ परेको हो । पक्राउ परेका शाहलाई शुक्रबार पत्रकार सम्मेलन गरेर प्रहरीले सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक नमराज भट्टराईले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १५ स्थित जमुनाहबाट शाहलाई पक्राउ गरिएको बताउनुभयो । प्रहरी निरिक्षक धर्मेन्द्र खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले चैत ८ गते बिहिबार शाहलाई पक्राउ गरेको थियो । शाहले बैंकमा कार्यरत रहँदा बैंकको खाताबाट एक करोड ३१ लाख २५ हजार रुपियाँ अपचलन गरेको भन्दै प्रभु बैंकका कर्णाली प्रदेश प्रमुख शरद राज तिमिल्सिनाले मुद्धा दर्ता गराउनुभएको थियो । तिमिल्सिनाले आठविसकोट न...
बागलुङ निसीखोला बस दुर्घटनामा नौ जनाको मृत्यु , २८ घाइते

बागलुङ निसीखोला बस दुर्घटनामा नौ जनाको मृत्यु , २८ घाइते

अपडेट, मुख्य खबर १, मुख्य खबर २, स्थानीय
बागलुङ बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या नौ पुगेको छ । रूकुम पश्चिमको सानीभेरी गाउँपालिका १ चाईनाबगरबाट काठमाडौको लागि छुटेको यात्रुबहाक बस बाग्लुङ्गमा दुर्घटना भएको हाे ।  काठमाडौँका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नं. को बस मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियाे  ।   दुर्घटनामा २८ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र अन्य २७ जनालाई बागलुङस्थित धवलागिरि अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो । दुर्घटनामा त्रिवेणी गाउँपालिका वडा नः ५ का १८ वर्षीय लक्की पुनमगर, रुकुमपूर्व सिस्ने गाउँपालिका–५ रुमालबाराका २५ वर्षीय विक्रम परियार, पश्चिमरुकुम मुसिकोट–१ का २७ वर्षीया बिनिता केसी, रुकुमपश्चिम मुसिकोट नगरपालिका–२ रातामाटाका सवारी धनी ...
रुकुम पश्चिमको सानीभेरीबाट काठमाडौँका लागि छुटेको  बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

रुकुम पश्चिमको सानीभेरीबाट काठमाडौँका लागि छुटेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

अपडेट, मुख्य खबर १, मुख्य खबर २, स्थानीय
बागलुङ जिल्लाको निसिखोला गाउँपालिका–६ स्थित जाउले पानीमा रात्रि बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा २० जना घाइते भएका छन् । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका १ चाईनाबगरबाट काठमाडौको लागि छुटेको यात्रुबहाक बस बाग्लुङ्गमा दुर्घटना भएको छ ।  काठमाडौँका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नं. को बस मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको हो । बस सडकबाट करिब १ सय ५० मिटर तल पुगेको र उद्धार कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार वि.क. ले जानकारी दिनुभएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ । ...
रुकुम महोत्सवमा आज नायक पल शाहको प्रस्तुति रहने ,,

रुकुम महोत्सवमा आज नायक पल शाहको प्रस्तुति रहने ,,

अपडेट, फोटो भिडियो, मनोरन्जन, मुख्य खबर १, मुख्य खबर २, स्थानीय
रुकुम पश्चिम महोत्सव सातौँ दिन आज पनि जारी रहने छ । महोत्सवमा आज चर्चित नायक तथा मोडल पल शाह आउने सह आयोजक कला संस्कृति, पर्यटन प्रवर्द्धन मञ्चका अध्यक्ष डिल्ली परियारले जानकारी दिनुभयो । पल दोस्रो पटक रुकुम पश्चिम आउन लाग्नुभएको हो । जबरजस्ती करणीको मुद्दामा एक वर्ष जेल बसेका पल सफाइ पाएपछि सार्वजनिक कार्यक्रममा सहभागी हुने क्रममा पहिलो पटक रुकुम पश्चिम पुग्नुभएको थियो । उहाँको यो जेल जीवन पछिको पहिलो सार्वजनिक कार्यक्रम थियो ।   पल हेलिकोप्टर मार्फत रुकुम आउने बताइएको छ । रुकुमका विभिन्न पर्यटकीय स्थानको अवलोकन गर्दै पल महोत्सव स्थलमा पुग्ने अध्यक्ष परियारले बताउनुभयो । महोत्सव आयोजकले भोली महोत्सव अवलोकनका लागि आउन सबैलाई आग्रह गरेको छ । पल सहित अन्य कलाकारको समेत महोत्सवमा प्रस्तुति रहने अध्यक्ष परियारले बताउनुभयो ।   महोत्सव फागुन २८ गतेसम्म सञ्चालन हुने छ । महोत...
रुकुम पश्चिम महोत्सव: आज चर्चित गायक पशुपति शर्मा आउने

रुकुम पश्चिम महोत्सव: आज चर्चित गायक पशुपति शर्मा आउने

अपडेट, मनोरन्जन, मुख्य खबर १, स्थानीय
रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलङ्गामा छैटौँ दिन आज पनि महोत्सव जारी रहने छ । महोत्सवमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरूले प्रस्तुति राखिरहेका छन् । महोत्सवमा आज चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा आउने सह आयोजक कला संस्कृति, पर्यटन प्रवर्द्धन मञ्चका अध्यक्ष डिल्ली परियारले जानकारी दिनुभयो ।   सयौँ गीत मा स्वर तथा शब्द दिनुभएका शर्माका थुप्रै गीत चर्चित छन् । छैटौँ दिन महोत्सवमा शर्माले मनोरञ्जन दिने परियारले बताउनुभयो । मङ्गलवार चर्चित नायिका तथा मोडल ज्योति मगरले प्रस्तुति राख्नुभएको थियो । मङ्गलवार ज्योतिको प्रस्तुति हेर्न हजारौँ दर्शक बराहटाकुरा पुगेका थिए । आज पनि दर्शक सङ्ख्या उल्लेख्य रहने आयोजकले विश्वास लिएको छ ।   महोत्सव फागुन २८ गतेसम्म सञ्चालन हुने छ । महोत्सवमा चर्चित नायक तथा मोडल पल शाह सहित चर्चित हास्य कलाकार धुर्मुस–सुन्तली लगायतका कलाक...