त्रिवेणीकाे सिम्रुतुमा विविध खेलकुद प्रतियोगिता हुने

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर २ सिम्रुतुमा छैटौं मयूर कप सञ्चालन हुने भएको छ । मयूर युवा क्लवको १८ औं वार्षिक उत्सवको अवसरमा क्लवले विविध खेलकुद प्रतियोगिता सञ्चालन गर्न लागेको हो । मयूर कप आगामि चैत २९ गतेदेखि वैशाख २ गतेसम्म सञ्चालन हुने क्लवका सचिव सोमपाल कामीले जानकारी दिनुभयो ।

उहाँका अनुसार वार्षिक उत्सवको अवसरमा खुल्ला शुद्ध वडा स्तरिय पुरुष भलिवल, व्याटमिन्टन, हाजिरी जवाफ, एकल नृत्य, सफफुट, र भाले तान्ने प्रतियोगिता सञ्चालन हुनेछन् । पुरुष भलिवल प्रतियोगितामा प्रथम हुने समुहले १ लाख नगद सहित कप मेडल र प्रमामपत्र प्राप्त गर्ने छ । दोस्रो स्थान प्राप्त गर्ने समुहले ६० हजार नगद सहित कप मेडल र प्रमामपत्र प्राप्त गर्दा तेस्रो र सान्तवना हुने समुहले समान २५/ २५ हजार नगद सहित मेडल प्रमाणपत्र प्राप्त गर्ने छ । दर्ता शुल्क १० हजार रहेको छ ।

त्यस्तै ब्याटमिन्टन प्रतियोगितामा विजेता हुने समुहले नगद २५ हजार सहित मेडल, प्रामाणत्रप प्राप्त गर्दा उपविजेता हुने समुहले नगद १५ हजार सहित मेडल, प्रमाणपत्र र तेस्रो र सान्तवना स्थान प्राप्त गर्ने समुहले समान ५ /५ हजार नगद सहित मेडल, प्रमाणपत्र प्राप्त गर्ने क्लवका सचिव कामीले जानकारी दिनुभयो ।दर्ता शुल्क २ हजार ५ सय रहेको छ ।

हाजिरी जवाफ प्रतियोगितामा प्रथम हुने समुहले ५ हजार, दोस्रो स्थान प्राप्त गर्ने समुहले ३ हजार र तेस्रो स्थान प्राप्त गर्ने समुहले २ हजार सहित प्रमाणपत्र प्राप्त गर्ने छ । एकल नृत्यमा प्रथम स्थान हासिल गर्नेले नगद ३ हजार, दोस्रो स्थान प्राप्त गर्नेले २ हजार, तेस्रो स्थान प्राप्त गर्नेले १ हजार नगद सहित प्रमाणपत्र प्राप्त गर्ने छ । सटफुट प्रतियोगितामा विजेता हुने व्यक्तीले ३ हजार र भाले तान प्रतियोगिता विजेता हुने व्यक्तीले नगद २ हजार सहित प्रमाणपत्र प्राप्त गर्ने छ ।। पुरस्कार नियम अनुसार करकट्टी हुने गरिने आयोजकले जनाएको छ ।