किवानिस् ईन्टरनेस्नल कलवले भुकम्प प्रभावित क्षेत्रका विभिन्न शैक्षिक संस्थाहरुमा भवन निर्माण कार्य सुरु


रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा रहेको किवानिस् ईन्टरनेस्नल कलबले भुकम्प प्रभाबित क्षेत्रका शैक्षिक संस्थाहरुमा भवन निर्माण कार्य सुरु गरेको छ।

बालबालिकाको क्षेत्रमा काम गरिरहेको अन्तरास्ट्रिय स्तरको किवानिस् ईन्टरनेस्नल कलव खारा रुकुम पश्चिमले भुकम्प प्रभावित क्षेत्रका बिभिन्न शैक्षिक संस्थाहरुलाई  भवन निर्माण कार्य सुरु गरेको कलवका अध्यक्ष बिर बहादुर ओलिले जानकारि दिनु भयो ।

बालबालिकाले पठनपाठन गर्ने बिध्यालयहरुमा भुकम्पले क्षेतिग्रस्त बनायपछि पठनपाठनमा समस्या हुदै आएका स्थानहरुमा पुगेर सोहिठाँउकै स्रोत साधनको प्रयोग गरेर भवन निर्मान गरिरहेको छ। रुकुम पश्चिमको त्रिवेणी गाउपालिका वडा नम्वर ३ मा दुईओटा र ४ नम्बर वडामा एक ओटा गरि ३ ओटा भवनको काम भईरहेको कलवका अध्यक्ष बिर बहादुर ओलीले जानकारि दिनुभयो । युवा जनजागरण आ वि कुरलमा १० लाख बराबरको लागतमा दुईकोठे पक्कि तथा लिवाङ् टोलको बालविकास केन्द्रमा पनि ३ लाखबराबरको दुईकोठे माटोको गारो सहितको भवन निर्माण सुरुभएको अध्यक्ष ओलिले बताउनुभयो तेस्तै ४ नम्बर वडामा रहेको अन्धनासक माविमा १० लाखबराबरको दुईकोठे पक्कि भवन निर्माण भईरहेको छ ।

भवन निर्माण कार्य भईरहेको स्थानमै पुगेर किवनिस् अन्ताष्ट्रिय कलवका केन्द्रिय कोषाध्यक्ष सिव प्रसाद काफ्ले र कर्णालि प्रदेश प्रमुख रामहरि सुवेदिले अनुगमन गर्नु भएको छ । भवन राम्रो र भुकम्प प्रतिरोधि बन्ने कुरामा आफू विश्वस्त रहेको केन्द्रिय कोषाध्यक्ष काफ्लेले बताउनु भयो। भवन भुकम्प प्रतिरोधि रहेको बताईएको छ। भने असार मसान्त भित्र निर्माण कार्य सकिने गरि काम भईरहेको छ।

तेस्तै एक औपचारिक कार्यक्रमका बिच किवानिस् कलबको नयाँ कार्यसमिति चयन गरिएको छ । कलबको एक बर्षमात्रै कार्यकाल हुने भएकाले प्रत्यक बर्षमा कलबको बिधान अनुसार कर्यसमिति फेरबदल गरिएको छ। जसमा अध्यक्षमा बिर बहादुर ओलीलाई निरन्तरता दिईएको छ। प्रथम अध्यक्षमा कृष्ण बहादुर ओली ,उपाध्यक्षमा विर्ख बहादुर केसि ,सचिव भिम रसाईली , र कोषाध्यक्षमा महेन्द्र खड्का चुनिनु भएको छ ।र अन्य सबै सदस्यमा मनोनयन गरिएको नवनियुक्त अध्यक्ष ओलीले जानकारि दिनुभयो ।