साफ महिला च्याम्पियनसिप : नेपाल र भारतको भेट सेमिफाइनलमै

साफ महिला च्याम्पियनसिपको सेमिफाइलनमा नेपाल र भारत भिड्ने भएका छन् ।

२०१९ मा सेमिफाइनलबाट बाहिरिएको बंगलादेश पाँच पटकको साफ च्याम्पियन भारतलाई हराउँदै समूह एको विजेता बनेसँग सेमिफाइनलमा नेपाल र भारतको भेट पक्का भएको हो ।

बंगलादेशले सेमिफाइलनमा समूह एको उपविजेता भुटानलाई प्रतिद्वन्द्वी पाएको छ ।

साफ महिला च्याम्पियनसिपका यसअघिका पाँचै वटा संस्करणमा नेपाल र भारतको भेट भएको छ । चार पटक फाइलनमा र एक पटक सेमिफाइनलमा नेपाल भारतसितै पराजित भएको छ ।

जसमा तीन खेलमा नेपालले गोल गर्दै दुई खेलमा नेपालले भारत विरुद्ध गोल गर्न सकेको छैन । पाँच पटक आमने सामने हुँदा भारतले नेपालको पोष्टमा १६ गोल गरेको छ भने नेपालले जम्मा ३ गोल मात्र फर्काएको छ ।

नेपाल र भारत तथा बंगलादेश र भुटानबीचको सेमिफाइनल खेल शुक्रबार हुने छ ।

मंगलबारको खेलमा भारतलाई हराउने क्रममा बंगलादेशका जाहान सोप्नाले २ तथा कृष्णरानी सरकारले एक गोल गरिन् । यो साफ इतिहासमा नै भारतको पहिलो हार हो ।

यसअघि सन् २०१६ मा भारत र बंगलादेशले गोलरहित बराबरी खेलेका थिए । त्यो बाहेक अरु सबै खेल भारतले जितेको थियो ।