त्रिवेणी गाउँपालिका गाउँसभाकाे दशाैं अधिवेशन सम्पन्न,

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको दशौं गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको छ । गाउँसभाद्वारा विभिन्न प्रस्तावहरु पास भएका छन । लेखा समितिका संयोजक सुन्दर ओलीले पेस गरेको अनीयमित बेरुजु फछर्यौट गर्न महालेखामा दाखिला गर्न गरेको प्रस्ताव पास भएको हो ।

 

प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीले प्रस्तुत गरेको आर्थिक बर्ष २०८०÷०८१ अर्धबार्षिक प्रगति विवरण अनुसार चालु खर्च ४६.४२ प्रतिशत र पुँजीगत खर्च १६.२८ प्रतिशत रहेको उल्लेख छ । साथै यो अर्धवार्षिक अवस्थामा ३३ लाख १३ हजार ६ सय ८८ रुपैयाँ राजस्व संकलन भएको छ । यो वर्ष गाउंपालिकाले १ करोड राजस्व संकलनको लक्ष लिएको छ ।

 

त्रिवेणी गाउँपालिकाको सभाहल खारानेटामा आइतबार सम्पन्न दशौं गाउँसभा तथा हिउंदे अधिवेशनमा नव र्निवाचित राष्ट्रि सभा सदस्यका कृष्ण बहादुर रोकायकोे प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख देब बहादुर विक,भुमी आयोग जिल्ला अध्यक्ष मिन बहादुर ओली, समन्वय समिति सदस्य गीता नेपाली, जिल्ला समन्वय समितिका पूर्व सदस्य टेकबहादुर ओली, गाउँपालिकाका पूर्व उपाध्यक्ष निर्मला बिष्ट खड्का, राजनीतिक दलका प्रमुख र प्रतिनिधी, पुर्व जनप्रतिनिधी, पत्रकार, कर्मचारी लगायत सरोकारवालाको उपस्थिति रहेको थियो ।