त्रिवेणीका स्वास्थ्यकर्मीका लागि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

 

रुकुम पश्चिम १२, माघ।
रुकुम त्रिवेणी गाउँपालिकामा स्वास्थ्यकर्मीहरुका लागि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । आज शुक्रवार त्रिवेणी गाउँपालिको सभाहल खारानेटामा नागरिक स्वास्थ्य सेवा परिक्षण सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

 

५५ बर्ष माथिका नागरिकको नसर्ने रोग सम्बन्धी स्वास्थ्य परिक्षण तथा उपचारमा आधारित कार्यक्रम सम्पन्न गरिएको त्रिवेणी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेम बहादुर पुनले जानकारी दिनुभयो । एकदिने अभिमुखीकरणमा त्रिवेणी गाउँपालि भित्रका स्वास्थकर्मीको उपस्थिति रहेको थियो ।

 

स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतको आयोजना तथा त्रिवेणी गाउँपालिकाको समन्वयमा अभिमुखीकरण सम्पन्न भएको हो ।