रुकुम पश्चिमको त्रिवेणी गाँउपालिकामा भूकम्प प्रभावित नागरिक संग अन्तरक्रिया कार्यक्रम सम्पन्न

 

रुकुम पश्चिमको त्रिबेणी गाँउपालिकामा भूकम्प प्रभावित नागरिक संग अन्तरक्रिया कार्यक्रम सन्पन्न भएको छ । त्रिबेणी गाँउपालिका ८ पेउघाको जनप्रिय माबिमा आयोजित भूकम्प पछिको पुनर्निर्माण विषयक अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको हो । जनप्रिय माध्यमिक विद्यालय ८ पेउघाको प्राङ्गणमा क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माण सम्बन्धी पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्माको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हाे।

गत कार्तिक १७ गतेको जाजरकोट भूकम्पका कारण क्षतिग्रस्त संरचनाको पुनर्निर्माण सम्बन्धी छलफल तथा सुझाव सङ्कलन गर्ने र सङ्घीय सरकारलाई सुझाव दिने उद्देश्यले त्रिबेणी गाँउपालिकाले कार्यक्रमको आयोजना गरिएको हो । पुनर्निर्माण सम्बन्धी आएका प्रश्नहरूको जवाफ पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले दिनुभएको थियो ।

गाँउपालिका अध्यक्ष गणेशकुमार केसीको अध्यक्षतामा कार्यक्रम भएको हो । उतm कार्यक्रममा कर्णाली प्रदेशका पूर्व आर्थिक तथा मामिला मन्त्री गोपाल शर्मा बसन्त शर्मा, भूमि आयोगका अध्यक्ष मिन बहादुर ओली, त्रिवेणी गाउँपालिकाका १० वटै वडाका वडा अध्यक्षहरू, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू,स्थानीय भूकम्प प्रभावितहरु लगायतको उपस्थित रहेको थियो । कार्यक्रमको सञ्चालन गाँउ कार्यपालिका सदस्य लक्ष्मण बिकले गर्नुभएको थियो ।।