बासी पाइयो ताजा खाइयो,,

पश्चिमको तयारीले पूर्वको यात्रा गर्दा कति आनन्दायी हुँदो रहेछ । ओझेलमा परेको रमणीय वस्ति आज होइन हिजो अस्ति चुम्ने अवसर पाइयो । माघी सक्रान्तिको साक्कै भोलिपल्ट हाम्रो भ्रमण स्थल पश्चिमको अग्लो चूलीमा पुग्ने तय गरेका थियौं । वातावरणीय प्रतिकूलताको कारण हाम्रो यात्राको साइतले दिशा बदल्न पुग्यो । बिना योजना हामी पूर्वतिर मोडियौं ।

“सर, म त निस्कि जो हाले ।” भण्डारीजीको मोबाइलले कानैमा सनेस पु¥यायो । “हजुर सर आउनुहोस् । सेरीगाउँमा हामी भेटौला ।” मैले पनि हामी भेटिने सम्पर्क स्थलको निजो सनेस पु¥याउन मोबाइललाई नै हुलाके बनाएँ । “एऽ लऽऽ” भन्दै उहाँले कुराको बिट मार्नुभयो ।
“हजुरका साथी बाटो लागिसक्दा तपाइँ किन आत्तिनु हुन्न बाबा ? यि खाना खानुहोस् । अनि हिडिहाल्नुहोस् । अइल समयमा गए पो पछि समयमै फर्किन सजिलो हुन्छ ।” कम्प्यूटरतिर एकोहोरिएका मेरो नजरलाई पुत्रको उपदेशले क्रम भङ्गतामा पु¥याइदिन्छ । हतारहतार पुत्रले पकाएको स्वादिलो भोजन निल्न थालेँ । “म साँझै फर्किन्छु है बाबु ?” हात पुच्दै बाबुलाई जानकारी गराएर म निस्किएँ । साहित्यकार एक्कबहादुरजीसँग बाटैमा जम्कोट भयो । उहाँले पनि हामीसँग यात्रामा रमाउन खुबै रहर गर्नुभयो । हामी सेरीगाउँ चोकमा पुगियौं । साहित्यकार खगेश्वर भण्डारीजीले हामीलाई पर्खिरहनुभएको रहेछ ।

“जेहोस् हाज हाम्रो यात्रा पक्कै पनि निक्कै रमाइलो हुनेभयो । अब म तपाईहरूलाई ठाउँमै पु¥याउँछु ।” अगुवा लाग्दै केसीजीले सुनाउनुभयो । “आँपूmलाई त केही पनि थाहा छैन कहाँ–कहाँ पु¥याउनु हुन्छ साथीहरूले ?” भण्डारीजीले हिन्दै सुनाउनुभयो ।
“तपाइँहरू कुनै चिन्ता नगर्नुहोस् । तपाइँलाई आज म फास्कलास रचना उबाज्ने थलीमै पु¥याउँछु ।” केसीजीले सुनाउनुभयो । “खाइए तो पत्याइए भिनाज्यू ?” मैले सुनाउँदा भण्डारीजी फत्कि–फत्कि हाँस्नुहुन्थ्यो ।

“पैला आउनुहोस् न ? त्याँपछि चाल पाउनुहोला । धेरै बोल्दा प्वारा ग¥यास्तो होला ।” फेरी निस्कने शब्दको मुहान थुन्दै केसीजीले सुनाउनुभयो । हाम्रा पाइता सिजेरी खोलो नजिक पुग्दै थिए ।
“ऊ आयो आयो । अब हामी त्यसैमा जाने हो ।” केसीजीले देब्रे हातले हामीलाई र दाहिने हातले गुर्किरहेको डल्ले साधनलाई च्याप्प समात्नुभयो ।
“हँ गुरु बाबु ? हामीलाई चाँही भणारीकाँडासम्म पु¥याउन सक्नुहुन्छ र ?” उहाँले अटो चालकलाई सोध्नुभयो ।
“ल ल बस्नुहोस् ।” चालकले पनी हामीलाई बस्न अनुमती दिए । हामी फराकिलो अनि चौडा मध्यपहाडी राजमार्गमा हुइकियौं । ठाडा ढङ्गा तथा भण्डारीकाँडाको नागबेली सडकमा हुँइकिंदा खुबै आनन्द आउँथ्यो ।

“बास् ! अब हामीलाई हिँत्तिरैको मोडमा रोक्नुहोस् है डाइबर बाबु ?” केसीजीले शिष्टतापूर्वक साधन रोक्न लगाउनुभयो । अनि चालकलाई एक सिङे दुईवटा गैंडा पनि उपहार दिनुभयो । लौ तो अब म तपाइँहरूलाई ग्रामीण बस्तितिर डो¥याउँछु । भन्दै पक्कि सडकलाई छोडी भरखर–भरखर ट्रयाक खुलेको कच्ची सडकमा लम्काउनुभयो ।
“हामी त अझ यो भन्दा पनि गोडेटो बाटोमा हिड्न पाए ?” मैले सुनाएँ । “त्यो भए ता सुनमा सुगन्धै हुँन्थ्यो ।” भण्डारीजीले थप्नुभयो ।
“हा हा हा  कठै ! अब ता गोडेटो बाटौ काँ पाई ? सबै गोरेटाहरू सडक भइसके हजुर ।” केसीजीले सनाउनुहुँन्थ्यो ।
“सडक भयो भने सबै चिजको विकास हुन्छ । यिनी ठाउँहरूमा राज्यले लगानी गरेकै मान्नुपर्छ ।” भन्डारीजी यहाँको विकासको प्रशंसा गर्नुहुँथ्यो ।
“नगरोस् पनि कसरी ? यिनी ठाउँका जनताहरूले गणतन्त्र ल्याउनको लागि कत्रो बलिदानी गरे ? कति सहिद भए ? कति ब्यपत्ता बनाइए ? कति घाइते भए ? हामीले पनि कत्रो शास्ती भोगियौं ? आज यत्ति नगरे ता यिनी नेताहरूलाई सहिदको रगतले सराप्दै व्यवस्थाले धिकार्ने छ ।” मैले सुनाएँ ।
“हो त नि !” केसीजी बोल्नुभयो ।

“अहो ! यहाँ ता हाम्रो ठाउँमा पाइने बोटविरुवा पनि पाइदारहेछन् । यि यो पनि पाइन्छ, त्यो पनि पाइन्छ, ऊ त्यो पनि पाइन्छ ।” औलाले इसारा गर्दै भण्डारीजी बोल्नुहुन्थ्यो ।
“भणारीकाँडाको यो पहिरो कुनै बखत नेपाल अधिराज्यकै ठूलो पहिरो मानिन्थ्यो । बुभ्mनुभइन क्या ?” केसीजीले सुनाउनुहुँन्थ्यो ।
“सायद यहीको माटोले ट्याखोलाको बस्ति तयार गरेको हुनुपर्छ है ?” अड्कल गर्दै मैले बताएँ ।
“ए, त्यहाँ रनिङ शिल्ड भइरहेको स्थानमा यहँको जस्तै चट्टान देखिन्थ्यो । यहीको पो रहेछ त ।” भण्डारीजीले पनि अनुमान गर्नुभयो ।
“जरुर, तेइता हो तो । तमाँइहरूले सई आइडिया लाउनुभयो ।” केसीजीले थप प्रष्ट्याउनुभयो । “पहिरो गएर पनि कति सुन्दरता छ है ? यो स्थानको ?” भण्डारीजी प्राकृतिक सुन्दरताको बखान गर्नुहुँन्थ्यो ।

क्रमशः
“सुन्तला पकेट क्षेत्र भएको घर ऊ त्यही हो ।” हाम्रो सम्मुख देखिने घरलाई देखाउदै केसीजी बोल्नुभयो । हामी त्यस घरतर्फ सोझियौं । हामीलाई देख्दाबित्तिकै सोही घरका तन्नेरीले गेट खोल्दै हामीलाई स्वागत गर्न तत्पर रहेजस्तो लाग्यो । नभन्दै उनले हामीलाई आँगनीमा न्यानो स्वगत गर्न पुगे ।
“तमाइँहरू कोपर्नुभो ? अनि कतामँट पाल्नुभयो ?” आतिथ्यताको बिस्तरा लगाउँदै ती तन्नेरीले हामीलाई सोधे ।
“हाम्लाई चाइन्या बेली यतपाई आउने खुर्सतै लागेन हेर्नोई । तेइभैकन माइत्यारौं भाग बासी पाइयो खेल्न आइयौं भन्नुहुन्च ।” मेरा गफलाई ठट्टा ठान्दै साथीहरू गललल गर्नुभयो । तिनी तन्नेरीले पनि हाँसो मिस्याई लागे । हामी ओछ्यानमा पलेटी कसेर बसेका थियौं । तन्नेरी करुवामा जरुवाको पानी चखाए । तिनी तन्नेरी निक्कै संस्कारी रहेछन् । यदि यहाँका सबै तन्नेरी तन्नेर्नी यस्तै संस्कारी भैदिने हो भने नेपाल संस्कारी देश बन्न आइतबार लाग्ला र ? तिनी तन्नेरीको संस्कारले तत्काल मलाई राष्ट्रकवि माधप्राद धिमिरेको गीतिकाव्य गुनगुनाउन वाध्य पार्यो ।

कि पानी मिठो हरिया पात्ले उभाई पिएको
कि पानी मिठो कलिला हात्ले सारेर दिएको ।

“हाई टिठौमर्नु बेली आउनु भइन्त्यो तो ? बेली आउभ्या कस्तोरी गद्धुपिरालु, गञ्जी, तरुल कति खानुहुँदो ? तेई पनि अल्ता सेलामेला उप्m्या छन कि म बसाल्छु होइ तो ?” तिनी तन्नेरी जुरुक्क उठेर भान्छिातिर सोझिए । “होइन तमाँई त्यो धमाली गर्दै नगर्नोस् । हामी ता टन्न हग्नेई गरी खाइकन आ छौं । जन्मेदेखिको बल लगाउदै केसीजीले रोक्ने प्रयास गर्नुभयो । मलाई भने ताजा तरुल पिडालु चपाउने खुबै तृष्णा लागेको थियो ।
“यिनी बड्डाले काम हान्नेइठ¥या ।” मनमनै सोचेँ । भण्डारीजी पनि मेरै प्यानमा मौन समर्थन गरेको मनोविज्ञान बुझेँ ।
“काँ होला त्यस्तो ? ह्याँती आइनकन बासी पाइयो खेल्दै ताजा तरुल नखाइकन जाने कुरैभइन । होइन्तो बाबु ?” तन्नेरीलाई अन्नेरी गर्दै मैले सुनाएँ । तन्नेरी भान्सामै व्यस्त थिए । भण्डारीजी मुसुमुसु मुस्कुराइरहनु हुँन्थ्यो ।
“वन तरुल भ्या अल्ता चखाल्नु हुन्न तो ?” आखिरीमा केसीजी पनि हाम्रै प्रस्तावमा सामेल हुनुभयो । हामी तीन यात्री समसामयिक विषयका गफको धुनीमा मस्त थियौं । वन तरुल सहित विभिन्न थरिका पक्वान ल्याएर तन्नेरी हाम्रा अगाडि प्रकट भए । दिन्न भन्नेले सत्याउँछ खान्न भन्नेले खत्याउँछ भन्ने उखानले त्यहाँ मेल खाएजस्तो लागेन । न तिनी तन्नेरीले दिन्न भन्थे । न त हामीले खान्नौ भनेका थियौं । कन्दमूल प्रजातिका पक्वानको परिकारले तृप्त गराए पश्चात तन्नेरी फेरी फलाहार चखाउन लालायित हुँदै भस्मेई ठूलो झोला बोकेर रुखमा चढ्न थाले ।

“अगामी दिनहरूमा हामी बासी पाइयो खेल्न नबिर्सन है साथीहरू ?” मेरो यो प्रस्ताव सुनेर साथीहरू नहुँनै हाँस्नु भयो । तत्काल तन्नेरीले हामीलाई फैफल्लारको रास ल्याइदिए । त्यसलाई पनि निखारियौं । त्यति मात्र कहाँ हो र ? तिनी तन्नेरीले हामीलाई धौबिर्सनो अचाक्ली ठूलो गुणको भारी बोकाए । “यी यो तमाइँहरूलाई घर भाग हो है ?” भन्दै भयङ्कर ठूलो कोसेलीको कुम्लो सत्याइदिए । त्यो देख्दा हामी तीन छन नपर्ने कुरै भएन । डाँरीगाउँ निवासी निशेष गौतमका निवासमा बासी पाइयोका दिन ताजा परिकार खाइयो । निशेषजीलाई विशेष धन्यवाद दियौं । उनले थमाएको कोसेलीको कुम्लो पालैपालो बोक्दै हामी घाँइडाँडीतर्फ ओरालियौं । केही कदम तल भैसेरी गाउँमा पुगेका थियौ ।
“तमाइँहरू माँठोमाँठो हर्दै गर्नोस् । म एकघरी मताराजीको घरमा सुन्तला खोज्न जान्छु ।” भन्दै केसीजी त्यतातिर लाग्नुभयो । भण्डारीजी र म केही कदम पर पुग्छौं ।
“ह्याँइतिरै बसौं अनि साथीलाई पर्खियौ है सर ?” भण्डारीजीले सुनाउनुभयो । हामी त्यहाँ बसियौं । बसेको बखत हामीले बिगतको गौरवपूर्ण इतिहासको स्मरण गरियौं । तपाइँ हामी मिलेर अब साझा कृर्ति निकालौं है सर ? भण्डारीजीले गोप्य प्रस्ताव मलाई सुनाउनुभयो । मलाई उहाँको प्रस्ताव मनासिव लाग्यो । अनि मैले पनि उहाँसँग सहकार्य गर्ने आश्वासन दिएँ । सुन्तलाको स्वाद सहितमा केसीजी झुल्किनुभयो । उहाँले हामीलाई सुन्तला चखाउनुभयो । सुन्तला खाएर हामी हिड्ने तरखरमा थियौं । कुम्लो बोकेकी एकजनी महिला हामी भएतिर पुगिन ।

“कत्नाम्रो कोस्यालीपात सत्याइदेई थ्याँ । कता आइजानु भो छए लाई ? दे लैजानोई यो कोस्याली ?” भन्दै कुम्लो हामीलाई थमाइन । हामीले पैइचो स्वरुप लक्ष्मी दियौं । तिनी महिलाले अस्वीकार गरिन ।
“हुँन्न हुन्न, त्यसै ता भार लाग्च हामी लग्दै लग्दैनौं ?” केसीजीले जिद्धि गरेपछि बल्ल धनकली महतराले दाम समातिन । कति असल र निस्वार्थी आत्मा भएका मान्छेको वस्ति रहेछ भैसेरी खोला ? बजार अनि ग्रामीण परिवेसको भिन्नता वोध गर्न दुई पाइलो भए पनि यात्राबाटै अवगत हुदोरहेछ । हामी अगाडि बढ्दै थियौं । बीच बाटोमा एउटा ठूलै रुख लम्पसार परेर सुतेको रहेछ । अकस्मात मलाई त्यस रुखको ढाडमा बसेर ठाडीभाका गुनगुनाउने तीब्र इच्छा जाग्यो । “ए साथीहहरू, म ह्याँती बसिकन गीत सुनाउँछु । कृपया तमाँइहरू सुनेर साथ दिनुहोस् है ?” मैले साथिहरूलाई आग्रह गरेँ । मेरो आग्रहलाई स्वीकार्दै भण्डारीजी छायाङ्कन गर्न र केसीजी मसँग ठाडीभाका गीतमा पोखल मिस्न पुग्नुभयो । काखैमा एउटा भङ्कर पहिरो भेटियो । पहिराको रेलैमा बसेर कवि खगेश्वर भण्डारी तत्काल पहिरो जान्छ शीर्षकको कविता सिर्जना गरी हामीलाई सुनाउनुभयो । त्यो सुनेर साहित्यकार एक्कबहादुर केसी पनि हातमा डाइरी र कलम समाउदै केही कोर्दै हुनुहुँन्थ्यो । साथीहरूले सिर्जना सुनाउँदा मलाई मस्तै चित्त लाइगो भन्नुहुन्छ । मैले पनि प्राकृतिक कविता घन्काइदिएँ । हामी अगाडी बढ्दै गर्दा बाटामा देखिन विशेष स्थानको कवि भण्डारीजीले भिडियो बनाइहाल्नुहुँथ्यो । शितलपोखरी स्थित गिरी होटलमा चियाखाज खायौं । निर्धारित समयमै सेरीगाउँ आयौं ।

निक्कै आनन्दपूर्वक दङाली पर्यटक(पाहुना)लाई रुकुम पश्चिम जिल्ला स्थित मुसीकोट नगरपालीका भित्र ओझेल परेका पर्यटकीय क्षेत्रको अवलोकन गराउन पथप्रशकको रुपमा उहाँसँग यात्रा गर्न पाउँदा खुबै रमायौं । यात्राको क्रममा प्राप्त माघी पर्वका कोसेली बाँडियौं । यसरी मनग्य रुपमा बासी पाइयो ताजा खाइयो ,,,