अखिल क्रान्तिकारी त्रिवेणी गाउपालिकाको चौथो गाउँ सम्मेलन सम्पन्न

नेकपा माओवादी केन्द्रको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी त्रिवेणी गाउपालिकाको चौथो गाउँ सम्मेलन सम्पन्न भएको छ । नयाँ कार्यसमिति चयन गर्दै सम्मेलन सम्पन्न भएको हो । विद्यार्थीहरूको भेलाबाट मोन खड्काको नेतृत्वमा २५ सदस्यीय नयाँ गाउ कार्यसमिति चयन गरिएको छ ।

 

जसको उपाध्यक्षमा टाइगर ओली ,बीमला बोहरा, सचिवमा शीजन पुन मगर, सह सचिवमा होमराज खड्का, सपना बुढाथोकी र कोषाध्यक्षमा दिपस केसि चयन हुनुभएको छ ।
त्यस्तै १ सदस्य पछि थप्नेगरि नयाँ कार्यसमिती चयन गरियको अखिल क्रान्तिकारीका त्रिवेणीका निवर्तमान अध्यक्ष दिपेन्द्र ओलीले जानकारी दिनुभयो । सर्वसम्मत गाउँ समिति गठन गरिएको हो ।

 

सङ्गठनका निवर्तमान अध्यक्ष दिपेन्द्र ओलीको अध्यक्षतामा भएको सम्मेलनमा पार्टीका प्रदेश कमिटि सदस्य तथा त्रिवेणी गाउँपालीका अध्यक्ष गणेश कुमार केसिको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै प्रदेश कमिटि सदस्य निर्मला बिष्ट,अखिल क्रान्तिकारीकाका जिल्ला अध्यक्ष निराजन केसि, त्रिवेणी पार्टि अध्यक्ष गणेश बहादुर खड्का, पार्टि उपाध्यक्ष सुन्दर ओली,वाइसियल नेपाल कर्णलीका प्रदेश इन्चार्ज लक्ष्मण ओली लगायतको आतिथ्यता तथा विद्यार्थीहरूको सहभागिता रहेको  कार्यक्रमको सञ्चालन पे्रमा र्सिपालीले गर्नुभएको थियो ।