चार्टड एकाउन्ट संघ नेपाल द्वारा त्रिवेणीकाे एक विद्यालय कपडा वितरण

कुवेर  ओली     रेडियो समावेशी आवाज

त्रिवेणी गाउँपालिका रुकुम पश्चिमको एक विध्यालयका विध्यार्थी र शिक्षक कर्मचारिहरुलाइ न्यानो कपडा वितरन गरिएकोछ ।त्रिवेणी गाउँपालिकाको वडा नंम्बर ६ मा रहेको भिम कल्याण आधारभूत विद्यालय बांठाकोटका बालविकास कक्षा देखी कक्षा आठ सम्मका विध्यार्थी र शिक्षक कर्मचारी गरी एक सय पन्ध्र जना लाइ आज एक कार्यक्रम  विच न्यानो कपडा स्वीटर वितरण गरिएको हो ।

चार्टड एकाउन्ट संघ नेपालको सहयोगमा न्यानो कपडा वितरण गरिएको विध्यालयका प्रधानाध्यापक यज्ञबहादुर ओलीले जानकारी दिनुभयो ।

चार्टड एकाउन्ट संघका केन्द्रीय प्रतिनिधी पृथ्वी पुनको पहलमा चिसो मौसमको सुरुवात भएसंगै बालबालिका हरुलाइ न्यानो कपडा वितरन गरिएको हो । चार्टड एकाउन्ट संघ नेपाल ले आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत न्यानो कपडा वितरन गरेको संघका प्रतिनिधी पृथ्वी पुनले जानकारी दिनुभयो ।

गत वर्ष जाजरकोट भुकम्पका कारण विपदमा परेका जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लाका बालबालिकाहरुलाइ समेत संघले न्यानो कपडा तथा अन्य शैक्षिक सामाग्री र राहत वितरन गरेको थियो । पृथ्वी पुन कामको शिलशिलामा अहिले देश बाहिर रहेता पनि उहाको पहलमा पुनको दिदि विष्णु पुन विष्टको समन्वय र सहजिकरणमा आज  विद्यालयमा एक कार्यकरमका विच न्यानो कपडा वितरन गरिएको हो ।

विध्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपेश कुमार घर्तिको अध्यक्षता रहेको कार्यकरममा त्रिवेणी गाउँपालिका ६ का वडा अध्यक्ष भद्र बहादुर  श्रीपालीकाे प्रमुख  आतिथ्यता रहेको थियो । बालबालिकालाइ थोरै र सानो भएपनि सहयोग गर्न पहल लिन पाउँदा आफु खुसि भएको समन्वयकारी भुमिका निभाउनुभएका बिष्णु पुन बिष्टले बताउनुभयो ।

बिध्यालयका वालवालिका र शिक्षक कर्मचारीहरुलाइ न्यानो कपडा सहयोग गर्ने चार्टड एकाउन्ट संघ नेपाल, केन्द्रीय प्रतिनिधी पृथ्वी पुन र समन्वय र सहजिकरन गर्ने विष्णु पुन बिष्ट लाइ सम्मान गर्दै धन्यबाद ज्ञापन गरेको बताइएकोछ ।