रुकुम पश्चिमको त्रीवेणी गाउँपालिका ८ र २ मा सहभागितामुलक तालिम समपन्न 

रेडियो समावेशी आवाज  –  रुकुम पश्चिमको त्रीवेणी गाउँपालिका वडा नम्बर ८ र २ मा सुरक्षित आवास  सचेतनाका लागि सहभागितामुलक अवधारणासम्बन्धि दुईदिने तालिम समपन्न भएको छ ।
त्रिवेणी गाउँपालिकाको २ सिम्रुत र वडा नम्बर ८ को पेउघामा सम्पन्न कार्यक्रम एफ सि डि ओको आर्थिक सहयोग   र त्रिवेणी गाउँपालिका सहकार्यमा तालिम सम्पन्न भएको त्रिवेणी गाउँपालिकाका फोकल फर्सन खिम बहादुर ओलिले जानकारी दिनुभयो ।
५ र ६ गते त्रिवेणी गाउँपालिका २ मा भएको सहभागीतामुलक दुईदिने तालिममा त्रिवेणी गाउँपालिका अध्यक्षको  प्रमुख अातिथ्यता  रहेको थियो ।
त्यस्तै पुर्व वडाध्यक्ष कर्ण बहादुर खडका ,सुजित गौतम डम्बर खडका ,प्रशिक्षक नवीन खडका लगाएको उपस्तिथि रहेको  तालिमको समापन  त्रिवेणी गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउलेले गर्नुभएको थियो
आई ओ यम द्वारा सञ्चालित उक्त तालिमको   आर्थिक सहयोग त्यसैगरी त्रीवेणी गाउँपालिकाको वडा नं २ यहि मंसिर  मा ५  र ६ गते सिम्रुतमा त्रिवेणी गाउँपालिका अध्यक्ष गणेशकुमार केसिले तालिमको उद्घाटन गर्नुभएको थियो भने  त्रिबेणी गाउँपालिका ८ को पेउघामा ७ र ८ गते त्रिबेणी गाउँपालिका वडा नं ८ का वडाध्यक्ष नन्दराम खडकाले उक्त तालिमको  उद्घाटन गर्नुभएको थियो ।
त्रिवेणी गाउँपालिका वडा नं ८ र २ मा  मा भएको तालिममा २५/२५ जनाको सहभागीता रहेको फोकक फर्सन ओलिले जानकारी दिनुभएको छ ।
त्रिवेणी गाउँपालिकाको पेउघामा सम्पन्न  तालिममा पुर्व वडाध्यक्ष कर्ण बहादुर खडका ,आई ओ एम नेपाल रुकुम पश्चिमका प्रमुख सुजित गौतम त्रिवेणी ८ का सदस्य डम्बर खडका ,मनकला दमाई ,गिता सुनार ,लगाएतको सहभागीता रहेको कार्यक्रमको सञ्चालन त्रिवेणी गाउँपालिका विपद फोकल परसन खिम बहादुर ओलिले गर्नुभएको थियो ।