कालिकोटमा भएको जिप दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । पलाँता गाउँपालिकाकी उपाध्यक्ष अलैपुरा जैशीले ८ जनाको मृत्यु भएको स्थानीय प्रहरी चौकीलाई उद्धृत गर्दै जानकारी दिनुभयो ।
यसैबिच कर्णाली प्रदेश कार्यालय सुर्खेतका डीआईजी जनक भट्टराईले घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट डीएसपीको टोली पठाइएको र स्थानीय प्रहरी भने घटनास्थलमा पुगेर उद्धार सुरु गरिसकेको बताउनुभयाे । साथै घटनास्थलमा हेलिकाेप्टर समेत पुगेकाे छ ।
८ जनाको मृत्यु भएको प्रहरी चौकीबाट मलाई जानकारी गराउनु भएको छ । त्यसमध्ये ४ जनाको पहिचान खुलेको छ’, उहाँले भन्नुभयाे ।
आइतबार पलाँता गाउँपालिका–३ को राडुनेटा भन्ने ठाउँमा जिप दुर्घटनामा भएको हो । जिप सडकबाट करिब ३०० मिटर तल खसेको बताइएको छ ।