रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाद्वारा गाउँ प्रहरीको दरखास्त आह्वान

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले गाउँ प्रहरीको दरखास्त आह्वाने गरेको छ । गाउँपालिकाले शुक्रबार एक  सूचना जारी गर्दै गाउँ प्रहरी करार पदपूर्तिको लागि सूचना आह्वान गरेको हो ।

गाउँपालिकाले दिएकाे जारकारी  अनुसार गाउँ प्रहरीको लागि  सूचना प्रकाशित भएको १५ दिनभित्र अर्थात मंसिर ७ गतेभित्र  योग्यता पुगेका नागरिकलाई दरखास्त पेश गर्न सूचनामा मार्फत जानकारी बनाएको छ  ।

गाउँपालिकाले गाउँ प्रहरी सहायक निरीक्षक सहित ११ जनाको आवेदन खुलाएको छ । जसमा  गाउँ प्रहरी जवान खुला ५, महिला २, जनजाती १, दलित १ र  द्धन्द्धपीडित १ जनाको आवेदन  माग गरिएको प्रमुख प्रसाशकीय अधिकृत यज्ञबहादुर भण्डारीले जानकारी दिनुभयो ।

गाउँकार्यपालिकाको असोज १४ गतेको निर्णयानुसार गाउँ प्रहरी करारमा पदपूर्ति गर्नुपर्ने भएकोले सूचना आह्वान गरिएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले  जानकारी दिनुभयो ।

प्रहरी सहायक प्रहरी निरीक्षकको लागि प्रमाणपत्र तह उतिर्ण र जवानको लागि एसएलसी वा एसइइ उतिर्ण गरेको हुनुपर्ने छ । दरखास्त गाउँपालिकाको कार्यालय खारानेटाबाट दिन सकिने गाउँपालिकाले जनाएको छ ।

त्रिवेणी गाउँपालिकाले गाउँप्रहरीको आवेदन खुलाएसँगै रुकुम पश्चिमका पाँच स्थानीय तहमा नगर प्रहरी रहनेछन् । यस अघी चौरजहारी, मुसिकोट र आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा नगर प्रहरी रहेका छन् । अव बाँफीकोट गाउँपालिकामा गाउँ प्रहरी राख्न बाँकी छ ।

श्राेतः कखरा डट कम