दार्मा गाउँपालिकामा निशुल्क आयुर्वेद स्वस्तथ्य शिविर सम्पन्न

सल्यान जिल्लाकाे भूकम्प प्रभावित क्षेत्रमा निःशुल्क आयुर्वेद स्वास्थ्य चिकित्सा शिविर सञ्चालन गरिएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र सल्यानको आयोजनामा भूकम्प प्रभावित नागरिकका लागि सल्यानको दार्मा गाउँपालिका ५ को वडा कार्यालयमा निःशुल्क आयुर्वेद स्वास्थ्य चिकित्सा शिविर सञ्चालन गरिएको हो ।

 

शिविरबाट कुल ५ सय ३८ जनाले सेवा लिएका छन् । जसमा महिला दुई सय ४५ जना , पुरुष १ सय ३६ जना , जेष्ठ नागरिक १ सय ६ जना त्यस्तै ५१ जना स्तनपान गराईरहेका आमाहरुले पनी निःशुल्क सेवा लियका थियो । भूकम्प प्रभावित क्षेत्रहरूमा आउन सक्ने जटिलता र स्वास्थ्य समस्याको समाधानको लागि शिविर आयोजना गरिएको आयुर्वेद स्वास्थ्य केन्द्र सल्यानका कार्यलय प्रमुख संजय प्रशाद शाहले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा विभिन्न रोगका विरामीहरुले सेवा लियका थिय ।