Sunday, February 25, 2018

पेन्टिङ भन्दा टाटू धेरै गाह्रो काम हो ः सुमिना श्रेष्ठ

काठमाडौ । हेटौंडा १८ हर्नामाडीकी स्थानिय सुमिना श्रेष्ठ चलचित्रको रङ्गीन पर्दा हुँदै पछिल्लो समय टाटू आर्टिष्टको रुपमा आफ्नो पहिचान बनाउँदै छिन् । थोरै केटी...

सिडि विजय अधिकारीको तिम्रो माया भन्दा मिठो (भिडियो सहित)

३ फागुन, काठमाडौं । भ्यालेन्टाइन डेको अवसर पारेर गायक सिडि विजय अधिकारीले आफनो एउटा आधुनिक गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् । ‘तिम्रो माया...

पाश्र्व गायनमा सानुको आगमन

काठमाडौ । आधा दशकदेखि नेपाली गीत, संगीत क्षेत्रमा लागेकी सुरीलो स्वरकी धनी हुन् गायिका सानु खतिवडा । उनी सानै उमेरदेखि संगीत क्षेत्रमा सकृय रहदै...

भरत र टिका पुनको आवाजमा“मान्छे हुँ म ) (भिडियो सहित )

रोशन पोखरेल, विराटनगर भैरबकालिका म्युजिक प्रालीको प्रस्तुतिमा भरत कुमालको लोकदोहोरी “मान्छे हुँ म ” बोलको म्युजिक भिडियो भैरबकालिका म्युजिक प्रालीको युट्युवबाट सार्वजनिक छ ।माया प्रेम...

सन्जिव कुमार पौडेलको ‘हुन्छु म ‘ हेर्नुहोस् भिडियो

माघ २९, काठमाडौं ।विन्ध्यावासिनी म्युजिकको प्रस्तुतिमा गायक सन्जिव कुमार पौडेलको तेस्रो एल्बम अस्तित्वमा समावेश ‘हुन्छु म ‘ बोलको भिडियो सार्वजनिक भएको छ । गायक...

चलचित्र साढे सातमा गायक सत्यराज पत्रकार बन्दै, फागुन ११ मा नेपालभर प्रद्र्धशनको तयारी

  विराटनगर माघ २७ नेपाली सागितिक क्षेत्रका प्रतिभावान कुशल गायक हुन् सत्यराज आचार्य । तर उनी गायकबाट पत्रकार बनेका छन् त्यो पनि फोटो पत्रकार । उनीद्धारा...

चलचित्र निर्देशक मन्दिप रानाले ‘ रुद्र घण्टी’ बनाउदै

काठमाडौ । चलचित्र निर्देशक मन्दिप रानाले तेस्रो चलचित्र‘ रुद्र घण्टी’ निर्माण भएका छन् । रुद्र घण्टी कमेडी बेसमा बन्न लागेको चलचित्रका लागी कलाकार खोजि...

बिवाह गरेको बर्ष दिन नपुग्दै तेजुलाको डिभोस

काठमाडौं, माघ २७ । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा क्रियाशिल नायिकाहरुको डिभोर्सको घट्नाहरु धेरै नै आउने गरेका छन् । बलिउड र हलिउडमा जस्तै नेपाली सिने...

 मोडल सिर्जना महत (फोटो फिचर)

काठमाडौँ : नेपालमा भर्खरै मात्र सुरु भएको प्लस साइज मोडलिङको भबिष्य राम्रो हुदै गएको मोडल सिर्जना महतले बताएकी छिन l भर्खरै मात्र सम्पन्न भएको “सुपर प्लस साइज मोडल २०१८” मासेकेण्ड रनरअप र मिस चार्मिङको टाइटल जित्न सफल भएकी मोडल सिर्जना महत मेडिकल फिल्ड हुदै मोडलिङमा प्रवेश गरेकी नब मोडल हुन l  प्लस साइज मोडल भन्ने बित्तिकै मोटो भद्दा शरीरभएका युवा युवतीलाई सोच्ने तरिका बिस्तारै परिबर्तन भएको कुरा मोडल महत बताउछिन l  काठमाडौँको स्थायी बासिन्दा सिर्जना महत पेशाले नर्स हुन भने अहिले शहिद मेमोरियल हस्पिटलमा (म्याट्रोन) नर्सिङ डाइरेक्टरको रुपमा कार्यरत छिन l  आफ्नो बच्चा उमेर देखिको रहर इच्छा पुरागर्न तथा नेपाली समुदायमा मोडलिङ क्षेत्र प्रतिको सोचलाई परिबर्तन गर्दै प्लस साइज मोडलहरुको लागि एउटा मार्गदर्शन बन्ने उदेश्यका साथ यो क्षेत्रमा प्रवेश गरेकी मोडल महत मोटोपनलाई हेल्दीबडीका रूपमा बुज्नु पर्ने बताउछिन l मोटोपन भद्दा नभई शारीरिक सौन्दर्यको अर्को रुप भएको उनको भनाइ छ । मोटोपनसँगै पनि हरेक मानिस फिट एवं स्वस्थ रहन सकिन्छ भन्ने उनको बुझाइ छ । सुपर प्लस साइज नेपाल २०१८ को सेकेण्ड रनर अपको उपाधि जितेसँगै आफ्नो प्लस साइज सुन्दरताप्रति अझ बढी गौरव महसुस भएको बताउने सिर्जना  मोटोपन कमजोरी नभएर यो सौन्दर्यकैअर्को पाटो भएको दाबी गर्छिन् । शरीर मोटो हुँदैमा कसैको आत्मविश्वास, प्रतिभा र बौद्धिक क्षमतालाई कम आँकलन गर्नु गलत हो भन्छिन् मोडल सिर्जना महत ।आफूमा विश्वास छ र दृढ निश्चयका साथ आफ्नो उद्देश्यमा निरन्तर लाग्न सकियो भने संसारको कुनै पनि तागतले कसैलाई रोक्न–छेक्न सक्दैन भनेर आफु जस्तै प्लस साइज भएर अरुलाई प्रेरणाबाड्न चाहने उनि । नेपालमा प्लस साइज मोडलिङको बारे सबैमा ज्ञान नभएको पाइन्छ । मोडल भन्ने बितिकै चिटिक्क जिउडाल भएको सुन्दरीको अर्थमा बुझ्ने गरिन्छ । अझ मोटी केटीहरुलेआफुलाई व्यवसायिक मोडलको रुपमा स्थापित गर्न सक्छन् भन्ने बारे चाहिँ निकै कम नेपालिहरुलाई मात्र थाहा भएको विषय हो । तर विश्वमा यो ट्रेण्ड फेशनको बजारमा राम्रो स्थान पाउनथालिसकेको छ । ठुला तथा ब्रान्डेड कम्पनीहरुले पनि प्लस साइज मोडललाई आफनो व्यापार प्रचार प्रसार र प्रबर्धनमा प्रयोग गरेको पाइन्छ र चलचित्र, म्युजिक भिडियोमा समेत प्रसस्तै देख्नसकिन्छ। त्यस कारण पनि आजकल नेपालमा समेत प्लस साइजका युवा युवतीहरु मोडलिङ क्षेत्रमा आकर्षित हुदै गएको पाइन्छ l सिर्जना भन्छिन अहिले विश्व मानचित्रमा सुन्दरताको परिभाषा समय अनुरूप परिवर्तन हुँदै गएको पाइन्छ । कुनै समय नेपाल लगायत विश्व बजारमा स्लिम साइज फिगरलाई फेसन र मोडलिङकोप्रमुख आवश्यकता मानिन्थ्यो भने विगत केही वर्षयता जिरो साइज फिगरलाई माल्न्युट्रिसन अर्थात् पौष्टिक आहारको कमी सहितको शरीरसित तुलना गर्न थालिएको छ । अब फिट र हेल्दी शारीरिकसौन्दर्यले प्राथमिकता पाउँदै गएको छ । भनिन्छ, ब्युटी कम्स इन अल शेप्स एन्ड साइजेज अर्थात् सुन्दरता विभिन्न आकार–प्रकारमा आउँछ । यही अवधारणासँगै बितेका कैयौं वर्ष मोटोपनलाई भद्दामान्ने समाजमा अब यसलाई प्लस साइज ब्युटीको संज्ञा दिंदै सम्मान गर्न थालिएको छ । अब स्लिम अर फ्याट, ह्वाट म्याटर्स इज फिट एन्ड हेल्दी बडी भन्ने अवधारणा अघि बढ्न थालेको छ । सपिङ तथा फोटोग्राफी मन पराउने उनि नया नया ठाउँ भ्रमण गर्न रुचि राख्छिन l चलचित्र, म्युजिक भिडियो खेल्ने तथा सिने क्षेत्रमा प्रवेश गर्ने तत्काल कुनै योजना नभएको बताउने उनि फोटोसुटगर्न भने मन पर्ने बताउछिन l  सधै हासेर बोल्ने मिठो मुस्कान, सुन्दर मुहार र बौद्दिक क्षमता भएकी प्रतिभावान मोडल सिर्जना महत आफ्नो मोडलिङलाइ समाजसेवा मार्फत समाजमा सकारात्मकसोचहरु फैलाउन चाहन्छिन l

सोनम ल्होछारको भव्य तयारी

काठमाडौं । तामाङ ल्होछार २८५४ औं तयारी भइरहेको छ । ह्याङ्ला दोलखा काठमाडौं तामाङ समाजको आयोजनामा यही माघ २७ गते शनिबार जातिय पहिचान झल्कने...