नेपाल टेलिभिजनका पत्रकार र नेपाल कलाकार संघ बिच भएको मैत्रिपुर्ण फुटबल खेल बराबरीमा सकिंएको छ । नेपाल टेलिभिजनको तेतिसौ बार्षिकको अवसर पारेर खेलको आयोजना गरिएको हो ।

सिंह दरबार स्थित आर्मी क्याप रंगशालामा भएको फुटबल प्रतियोगीता टेलिभिजनका पत्रकारको तर्फबाट कलाकारको टिमलाई पहिलो गोल गरेको थियो । त्यसको लगत्तै कलाकारले आधा घण्टाको अन्तरमा पत्रकारलाई गोल हानेको थियो । गेम सुरु भएको २० मिनेटमा दीपा श्रीले मैदानबाट बाहिरिएकी थिईन । गोल छुन नपाउदै उनि बाहिरिएकी थिइन । उनको सट्टा कलाकार लक्ष्मी गिरी मैदानमा उत्रिएकी थिइन । रमाइलो कुरा के छ भने अरु कलाकार कट्टुमा थिए भने लक्ष्मी गिरी साडी लगाएरै मैदानमा ओर्लिदा ताली र हाँसोको फोहोरा छुटेको थियो ।

कलाकारका तर्फबाट सुनिल थापा (रातेकाइला) गोल किप्पर बसेका थिए । खेल जित र हार भन्दा पनि आपसी मित्रताका रुपमा आयोजना गरिएकाले दुबै तर्फका पत्रकार र कलाकारको भनाई रहेको थियो ।
त्यस्तै टेलिभिजनका पत्रकारहरु मनोहरी थापा ,महेश दाहाल , लगाएत सहभागि भएका थिए ।
दिउँसो २ ३० बजेबाट सुरुभएको खेलमा नेपाल टेलिभिजनका पत्रकारहरु साथै कलाकारहरु सुनिल थापा, शिव श्रेष्ठ, कृष्ण मल्ल, रमेश बुढाथोकी, लक्ष्मी गिरी, रबिन्द्र खड्का, धिरेन शाक्य, दिपा श्री, सरिता लामिछाने, सुनिल कटुवाल,देविराम पराजुली (भोक लाग्यो) शंंकर बिसी लगायतका कलाकारहरुले गेममा सहभागिता रहेको थियो ।

मन परो अब शेयर गर्नुस । Share on Facebook0Tweet about this on TwitterShare on Google+0Share on LinkedIn0Print this pagePin on Pinterest0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here